जसपा नेता रेशम चौधरीको सनाखत जेलमै गराइने

११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का नेता रेशम चौधरीको सनाखत जेलबाटै गराउने भएको छ । आयोगले जसपाको आधिकारिकता विवाद निरुपण गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर सनाखत गराउँदै छ । आयोगको कार्यालयमा उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेताहरु पुगेका छन् । चौधरी जेलमा रहेकाले उनको सनाखत जेलमै गर्न […]

सम्बन्धित सामग्री

जसपा विवादमा रेशम चौधरी तटस्थ

जसपा विवादको निरुपणका लागि हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुगेका निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन् । आयोगमा पुगेका चौधरीले पक्ष र विपक्ष नलाग्ने बताए । जसपा नेता लक्ष्मणलाल कर्णले कसैलाई भोट दिने नदिने अधिकार रहेको प्रतिक्रिया दिए । रेशम चौधरीलाई कुरेर दिनभर आयोग बसेका महन्थ ठाकुर कुनै प्रतिक्रिया नदिई आयोगबाट बाहिरिएका छन् । उपेन्द्र यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् ।