पत्थरमा रैथाने कन्दमुलको परीक्षण [तस्बिरहरु]

ठाउँको नामै पत्थर । यही पत्थरमा अहिले कन्दमुलका प्रजातिमाथि अनुसन्धान सुरु गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा विभिन्न रैथाने जातका कन्दमुलको अनुसन्धान थालिएको हो । २५ रोपनी चट्टानी भिरालो जग्गा भाडामा लिएर गिठा, भ्याकुर, तरुल, ओल, सखरखण्ड, भार्लाङ, चुइया, त्यागुना, गुर्जो र पिडांलुजस्ता कन्दमुल रोपिएको हो ।