सार्वजनिक वित्तको सन्तुलित उपयोग : स्रोत परिचालन र खर्च प्रणालीको व्यवस्थापन झन् जटिल

अर्थव्यवस्था र सरकारको वित्तीय नीति एक अर्कामा अन्तर्सम्बन्धित विषय हुन् । मुलुकको सार्वजनिक वित्तको विश्लेषणका सही नतिजाहरूलाई समुचित उपयोग गर्दै सरकारले आय र खर्चको व्यवस्थापन सन्तुलन गर्न सकेमा सरकारी नीतिको प्रभावकारिता स्वत: वृद्धि हुन्छ । सार्वजनिक वित्त अन्तर्गत अर्थतन्त्र र अर्थराजनीति हुँदै त्यसको भूमिका र प्रभावका विषयहरू समेत समावेश हुन्छन् । सार्वजनिक वित्तले सरकारको स्रोत र खर्चको व्यवस्थापन एवं त्यसको परिचालनका विषयमा सन्तुलित अभ्यास पनि गर्दछ । त्यसैगरी वित्त व्यवस्थापनको कार्यमा वस्तु तथा सेवाको आपूर्ति, आय तथा सम्पत्तिको वितरण, पूँजीको निर्माण, मूल्यवृद्धि एवं मुद्रास्फीति र आर्थिक वृद्धिदरका विषयहरू समेत केन्द्रित हुन्छ । उल्लिखित समग्र विषयहरू आफैमा राजस्व परिचालन, सार्वजनिक खर्चको प्रभावकारी विनियोजन हुँदै आर्थिक स्थायित्वसँग समेत अन्तर्सम्बन्धित हुन्छ । यसको अर्थ सार्वजनिक वित्त नीतिले सार्वजनिक वस्तुको आपूर्ति, सम्पत्ति तथा आयको वितरण, लगानीको विस्तार एवं संकुचन, उपभोगको अवस्थाको विषयलाई समेत प्रभावित पार्ने भएकाले यसको सन्तुलित अभ्यास अर्थतन्त्रको स्थायित्वका लागि सधैं आवश्यक हुन्छ । पछिल्लो समय सरकारले स्रोत प्राप्तिलाई समुचित र लक्ष्यअनुरूप बनाउन सकेकाले बजेट हुँदै समग्र खर्च प्रणाली र त्यसको व्यवस्थापनमा फेरबदल गर्नुपरेको परिस्थिति छ । यसको अर्थ सार्वजनिक वित्तलाई अवस्था र परिस्थिति अनुकूल सबै अन्तर्सम्बन्धित विषयमा समेत सन्तुलित हुने गरी अभ्यास गर्नु आवश्यक छ । प्रदेश तथा स्थानीय तहले वैधानिक क्षेत्राधिकारभित्र रहेर स्रोत र खर्चको परिचालन गर्न सक्दछन् । तर, स्रोत व्यवस्थापनमा प्रदेश वा स्थानीय सरकारको क्षेत्राधिकार सीमित छ । नेपालको संविधानले मूलत: सार्वजनिक वित्तको सम्बन्धमा समेत आवश्यक व्यवस्था गरेको छ । सोही व्यवस्था अनुरूप संसदले राजस्व, विनियोजन अथवा खर्च र ऋण व्यवस्थापन र आर्थिक कार्यप्रणाली व्यवस्थापनका लागि आवश्यक कानूनको तर्जुमा गर्दछ । सामान्यतया सरकारको तर्फबाट अर्थमन्त्रीले आयव्ययको अनुमानसहितको बजेट संसद्मा प्रस्तुत गर्दछन् । त्यसको कार्यान्वयनका लागि आर्थिक ऐन, विनियोजन ऐन, राष्ट्र ऋण तथा जमानत एवं पेश्की खर्च आदि संसद्मा प्रस्तुत गर्दछन् । यस अर्थमा सरकारले सार्वजनिक वित्तको अभ्यासलाई कानूनको रूपमा अवलम्बन गरेको हुन्छ । तसर्थ सार्वजनिक वित्तका साधनको परिचालन र प्रयोग एवं व्यवस्थापन कानूनको परिधिभित्र रहेर गरिन्छ । सरकारले स्रोतको आधारलाई विस्तार गर्न लगानी र उत्पादनको कार्यलाई प्रोत्साहित गर्छ र साधनको समुचित वितरण गर्छ । सँगै, खर्चको व्यवस्थापनतर्फ नागरिकहरूलाई गुणस्तरीय सेवा, सामाजिक न्याय र नागरिकको जीवनमा सकारात्मक परिवर्तन भएको अनुभूति गराउने ध्येयले समग्र सार्वजनिक सेवा प्रवाहलाई यथोचित रहने गरी वित्तीय परिचालन गर्नु आवश्यक छ । नेपाल सरकारले संघीय सरकारसँगै प्रदेश र स्थानीय सरकारका लागि समेत आवश्यक स्रोत एवं वित्तीय व्यवस्थापन गर्नुपर्ने हुन्छ । प्रदेश तथा स्थानीय तहले वैधानिक क्षेत्राधिकारभित्र रहेर स्रोत र खर्चको परिचालन गर्न सक्दछन् । तर, स्रोत व्यवस्थापनमा प्रदेश वा स्थानीय सरकारको क्षेत्राधिकार सीमित छ । यस पृष्ठभूमिमा संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारका लागि समेत वित्तीय हस्तान्तरण, ऋण वा अनुदान स्वीकृति एवं अन्य माध्यमबाट वित्तीय साधन परिपूर्ति गर्ने ध्येय राख्दछ । वित्तीय संघीयताको पूर्ण कार्यान्वयनसँगै आर्थिक वृद्धिदरलाई समेत दिगो, समावेशी र फराकिलो हुने गरी सरकारले सार्वजनिक वित्तको अभ्यासलाई निरन्तरता दिनुपर्ने हुन्छ । यसको अर्थ सरकारले समग्र नीति तथा वित्त प्रणालीलाई वैज्ञानिक, पारदर्शी, समन्यायिक र लगानीमैत्री बनाउँदै स्रोत परिचालन र खर्चको व्यवस्थापनलाई पारदर्शी र मितव्ययी बनाउनु आवश्यक छ । सार्वजनिक वित्तको अभ्यासमा समेत आ–आफ्नो तर्फबाट तीनै तहका सरकारहरूले स्रोत परिचालन र खर्च व्यवस्थापन सम्बन्धी कार्य गर्ने भएकाले वित्तीय सन्तुलनको अभ्यासलाई समेत सबै तहका सरकारले समन्वयात्मक ढंगले पूरा गर्नुपर्ने हुन्छ । राजस्वको व्यवस्थापनतर्फ अहिलेको मूल समस्या यसको परिचालन राज्यको उत्पादन प्रणालीसँग आबद्ध नहुनु हो । उत्पादनका नयाँ क्षेत्रहरूको अन्वेषणसँगै सरकारले उत्पादनका क्षेत्रमा सबैलाई आकर्षित गर्ने वातावरण तयार गर्नुपर्दछ । उत्पादनको वृद्धिले अर्थतन्त्रको आकारसँगै आर्थिक वृद्धिदर र स्रोतको क्षमतामा समेत विस्तार हुन्छ । सन्तुलित रूपमा राजस्वको परिचालन उत्पादनसँग जोडिएपछि नागरिकहरूले समेत क्षमता अनुसार योगदान गर्ने अवस्था सृजना हुन्छ । राजस्वको व्यवस्थापन र प्रणालीलाई समन्यायिक बनाउँदै लैजाने अवस्थाले सुशासनमा समेत योगदान पुर्‍याउँदछ । यस अर्थमा सरकारले सार्वजनिक वित्तलाई स्वव्यवस्थित प्रणालीमा रूपान्तरण गर्न सक्दछ । यसअन्तर्गत वित्तीय व्यवस्थापन, पूँजीनिर्माण, लगानी वा उत्पादनमा पर्ने बाह्य प्रभाव समेत स्वचालित प्रकारले प्रभावविहीन बन्दछ । यस अर्थमा सरकारले स्रोतको परिचालनका विषयमा नीतिगत स्थिरता, उद्देश्यहरूमा स्पष्टता एवं विधि र पद्धतिलाई वैज्ञानिक बनाउनु पर्दछ । स्रोत परिचालनको विषय देशको नीति, संरचनागत व्यवस्था र तिनको प्रभावकारी व्यवस्थापनमा निर्भर रहने भएकाले नीतिगत तथा व्यवस्थापनको पक्षलाई पनि सापेक्ष बनाउँदै लैजानु आवश्यक छ । पछिल्लो समय सार्वजनिक वित्तको अभ्यासमा धेरै बेथितिहरू भित्रिएका छन् जसका कारण स्रोतको परिचालन र खर्चको दायित्वलाई समेत जिम्मेवारी नलिने परिस्थिति बनेको छ । सबै तहका सरकारले स्रोतको प्राप्तिलाई समुचित र लक्ष्यअनुरूप बनाउन सकेको देखिँदैन । त्यसैगरी खर्चतर्फ समेत परिणाम प्राप्त हुने गरी उत्तरदायित्व नलिने अवस्थाले पूँजीगत खर्चको प्रगति वर्षैपिच्छे खस्कँदै गएको छ । बजेट तर्जुमा प्रक्रियालाई समेत हलुका ढंगले लिने अवस्थाले कार्यान्वयन तहमा जिम्मेवारी र जवाफदेही शून्यको स्थिति निर्माण भइरहेको छ । कार्यान्वयन तहमा समेत बजेट सिधै माथिबाट तोकेर पठाउने र आफै परोक्ष सीमा तोक्ने कार्यमा संलग्न हुने परिस्थितिले बजेटको प्रभावकारिता खस्कँदै गएको हो । यसको सबैभन्दा ठूलो असर बहुवर्षीय कार्यक्रम तथा परियोजनाहरूमा परेको छ, जहाँ आवश्यक बजेट कति हो वा खर्च क्षमता कति हो भन्ने विषयको हेक्का भइरहेको देखिँदैन । बजेटले प्रतिफल प्राप्त गर्नुपर्छ भन्ने सर्वमान्य मान्यतालाई बेवास्ता गरिरहेको परिस्थिति छ । पछिल्लो समय सबै तहका सरकारको सार्वजनिक वित्तमाथिको गैरजिम्मेवार अभ्यासले स्रोत प्राप्तिलाई समुचित र लक्ष्य अनुरूप बनाउन सकेको देखिँदैन । त्यससँगै खर्च प्रणाली र त्यसको व्यवस्थापनमा समेत जटिलता झन् झन् थपिँदै गएको छ । सार्वजनिक वित्तको अभ्यासलाई समयसापेक्ष परिष्कृत बनाउन नसक्दा त्यसको असर बिस्तारै वित्तीय हुँदै मौद्रिक क्षेत्रमा समेत पर्दछ । बजेट समयमा खर्च नहुने पद्धतिले पूँजीको उत्सर्जन र प्रवाहलाई निस्तेज पारेको हुन्छ । नयाँ पूँजीको निर्माण र पूँजीको गतिशीलता अर्थतन्त्र र वित्तीय स्थायित्वका आवश्यक तत्त्वहरू हुन् । आवश्यक मात्रामा खर्च नहुने प्रक्रियाले वित्तीय क्षेत्रमा मूल्यवृद्धि हुँदै ब्याजदर र तरलतालाई समेत प्रभावित पारिरहेको छ । सार्वजनिक वित्तको यो समस्याले वित्तीय क्षेत्रलाई समेत गाँजेको धेरै समय भएकाले वित्तीय क्षेत्रमा तरलता व्यवस्थापनमा कठिन भइरहेको छ । तसर्थ सरकारले सार्वजनिक वित्तको अभ्यासलाई सन्तुलन बनाउन नसकेको अवस्थामा स्थायी रूपले वित्तीय क्षेत्रको समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकको नीतिगत प्रयास वा उपकरण सार्थक हुन सक्दैन । यस अर्थमा सार्वजनिक वित्तको ठूलो प्रभाव मौद्रिक क्षेत्रमा समेत पर्ने भएकाले सरकार संवेदनशील हुनु आवश्यक छ । बजेट खर्च यथेष्ट बढ्न सकेको अवस्था थियो भने उपभोग खर्चले मुद्राको अवस्थालाई जस्तो दबाब दिए पनि त्यो क्षणिक वा अल्पकालीन समस्याको रूपमा देखिन्थ्यो । यसर्थ वित्तीय स्रोतको प्राप्ति वा मौद्रिक बचतमा देखिएको समस्या निराकरणका लागि समेत सरकारले सार्वजनिक वित्तको अभ्यासलाई सन्तुलित बनाउनु आवश्यक छ । लेखक आर्थिक विकास तथा अनुसन्धान केन्द्र (नारेक) नेपालका निर्देशक हुन् ।

सम्बन्धित सामग्री

नगर पूर्वाधार विकास बैङ्क स्थापना गरिने

सबै नगरपालिकाको पूर्वाधार विकासमा स्रोत व्यवस्थापन गर्न नगरपालिकाको संस्थापक सेयर लगानीमा नगर पूर्वाधार विकास बैङ्क स्थापना गरिने भएको छ। सङ्घीय व्यवस्था कार्यान्वयमा आए पनि आर्थिक अभावमा नगरपालिकाको पूर्वाधार विकास हुन नसकेपछि सबै नगरपालिकाको सामूहिक सेयर

फोहोरमैलाको स्रोत परिचालन : आजको आवश्यकता

काठमाडौँ महानगरपालिकाको नयाँ नेतृत्व चयनसँगै महानगरवासीको आशा, भरोसा, विश्वास फोहोरमैलाको उचित व्यवस्थापनसम्बन्धी गरेकै हो । तर, फोहोरमैला व्यवस्थापन समस्या ज्यूँका त्यूँ नै छ । फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान गर्ने उत्तम उपायचाहिँ हाम्रो जस्तो देशमा स्रोतमै कुहिने र नकुहिने गरी फोहोर छुट्ट्याउने र पुन: प्रयोग गरी आम्दानीको स्रोत परिचालन गर्नु हो । काठमाडौँ महानगरपालिकाले २०७९ वैशाख […]

स्थानीय तह बजेटः स्थानीय स्रोत परिचालन प्राथमिकतामा

काठमाडौं, असार ११ । शुक्रबार देशभरका करिब ७ सय स्थानीय तहले आर्थिक वर्ष २०७९/८० का लागि बजेट पेस गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले शुक्रबार बजेट ल्याएका हुन् । प्रत्येक वर्षको १० असारमा अनिवार्य बजेट ल्याउनुपर्ने […]

स्थानीय तह बजेटः स्थानीय स्रोत परिचालन प्राथमिकतामा

काठमाडौं । देशभरका करिब ७ सय स्थानीय तहले आर्थिक वर्ष २०७९/८० का लागि बजेट पेस गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले शुक्रबार बजेट ल्याएका हुन् । प्रत्येक वर्षको १० असारमा अनिवार्य बजेट ल्याउनुपर्ने भए पनि देशभरका […]

स्थानीय तह बजेटः स्थानीय स्रोत परिचालन प्राथमिकतामा

काठमाडौं । देशभरका करिब ७ सय स्थानीय तहले आर्थिक वर्ष २०७९/८० का लागि बजेट पेस गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले शुक्रबार बजेट ल्याएका हुन् । प्रत्येक वर्षको १० असारमा अनिवार्य बजेट ल्याउनुपर्ने भए पनि देशभरका […] The post स्थानीय तह बजेटः स्थानीय स्रोत परिचालन प्राथमिकतामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

फोहोर व्यवस्थापनमा स्रोत परिचालन

देशको राजधानी काठमाडौंलगायत विभिन्न शहरमा डम्पिङ साइटको उचित व्यवस्थापन हुन नसक्दा फोहोरको व्यवस्थापन राष्ट्रिय समस्याका रूपमा देखा परेको छ । ६ ओटै महानगरपालिका, ११ ओटा उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा नै यस्तो समस्या छ । फोहोर पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज हो । काठमाडौं उपत्यकाको हाल दैनिक निष्कासन हुने करीब १२०० मेट्रिक टन फोहोर व्यवस्थापन प्रमुख समस्या भएको देखिन्छ । नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोर निष्कासन गर्न थालेको करीब १६ वर्ष पुगिसक्यो । २–३ वर्षका लागि मात्र तयार गरिएको उक्त डम्पिङ साइट २०६२ जेठ २२ देखि प्रयोगमा आएको हो । काठमाडौं, ललितपुर र किर्तिपुरको फोहोर फाल्न भनी बनाएको उक्त डम्पिङ साइटमा हाल १८ ओटा पालिकाको फोहोर फालिँदै आएको छ । वैकल्पिक ल्यान्ड फिल्ड साइटका रूपमा नुवाकोटको बन्चरे डाँडामा स्यानिटरी ल्यान्ड फिल्ड साइट निर्माण सम्पन्न हँुदै छ । २ वर्षका लागि भनेर बनाएको डम्पिङ साइटमा करीब १६ वर्ष निरन्तर फोहोर थुपार्दा फैलिएको दुर्गन्धले स्थानिय बासिन्दा आक्रान्त हुनु स्वाभाविक नै हो । बन्चरे डाँडामा सिसडोलको जस्तो नभई फोहोर छुट्ट्याएर मात्र राख्ने स्यानिटरी ल्यान्डफिल्ड साइट हुने कुरा प्रकाशमा आएको छ । सिसडोल ल्यान्डफिल्ड साइट बेलाबखत भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा ठूलो चुनौती आउने गरेको छ । बन्चरे डाँडा काठमाडौंबाट २७ किलोमीटर उत्तरपश्चिममा पर्छ । स्यानिटरी ल्यान्डफिल्ड साइटले बाहिरी क्षेत्रसहित १ हजार ७ सय रोपनी जग्गा ओगटेको छ । स्यानिटरी ल्यान्डफिल्ड साइट फोहोरको वैज्ञानिक आधारित सेमिएरोबिक विधिअनुसार निर्माण गरिएको छ । यस ल्यान्डफिल्ड साइटले २० वर्षसम्म धान्ने प्राविधिकहरूले वताएका छन् । फोहोरलाई स्रोतमै छुट्ट्याएर अधिकतम पुनः प्रयोग तथा उत्पादन गरी बाँकी फोहोरमात्र ल्याएमा यो ल्यान्डफिल्ड साइट १०० वर्ष फोहोर व्यवस्थापन गर्न सकिने सम्बद्ध पक्षको भनाइ छ । आशा गरौं, बन्चरेडाँडा ल्यान्डफिल्ड साइटबाट महामारीजन्य संक्रमित फोहोरको पनि आवश्यक व्यवस्थापन हुनेछ । यो साइट वातावरणमैत्री हुने कुरा प्रकाशमा आए पनि उचित प्रयोगको आधारमा कति सम्म टिक्ने हो, अहिले किटान गर्न चाहिँ नसकिएला कि ? नगरवासीले फोहोर आवश्यक पृथकीकरण नगरी फ्याक्ने, फोहोर व्यवस्थापनका लागि स्रोत परिचालन नहुने, नगरका बासिन्दामा फोहोर व्यवस्थापनबारे आफ्नो जिम्मेवारी बोध नभएको, कानूनको उचित कार्यान्वयन हुन नसकेको, दक्ष जनशक्तिको कमी आदि समस्याले फोहोरको व्यवस्थापन राम्ररी हुन सकेको छैन । फोहोर व्यवस्थापन कार्यमा नगरपालिकाको प्रमुख प्राथमिकता परे पनि त्यसअनुसार कार्यान्वयन गर्न सकेको देखिँदैन । फोहोर व्यवस्थापनको दीर्घकालीन योजनाको अभाव छ । फोहोर व्यवस्थापनमा समुदाय र निजीक्षेत्रसँगको साझेदारी कार्यक्रममा न्यून सहभागिता रहेको पाइन्छ । फोहोर व्यवस्थापनमा आवश्यक मेशिन तथा उपकरणको उचित प्रयोग भएको छैन । यससम्बन्धी तथ्याङ्क र अध्ययनको अभाव छ । यसको नियमित अनुगमन र मूल्याङ्कनको अभाव छ । त्यस्तै, फोहोर व्यवस्थापनमा अन्तरनगरपालिका समन्वयको अभाव छ । फोहोर प्रबन्ध तथा स्रोत परिचालन हुन सकेको छैन । संस्थागत रूपले तालिम तथा विकास हुन नसकेको, फोहोर व्यवस्थापन सेवामा नगरपालिकाहरूको प्रतिबद्धता र प्राथमिकता निर्धारण नभइसकेको, संस्थागत अभ्यास कमजोर रहेकाले पनि फोहोर व्यवस्थापन हुन सकिरहेको छैन । फोहोरलाई स्रोतको रूपमा परिचालन गर्ने दृष्टिकोण तयार नभई खर्बां धनराशी नोक्सानी भएको छ । यी माथिका कारणबाट काठमाडौं उपत्यकालगायत देशका अन्य शहरी क्षेत्रमा फोहोरको व्यवस्थापनमै राष्ट्रिय रूपमा चुनौतीपूर्ण बनेको छ । फोहोरको समाधानको सबैभन्दा उत्तम उपाय नगरवासीले फोहोरलाई (कुहिने र नकुहिने छुट्ट्याई पालिकाले भनेको बेलामा) निष्कासन गर्ने, सम्बद्ध निकायले स्थानीय बासिन्दाको आवश्यक मागलाई सम्बोधन गर्नुपर्ने, नगरपालिकाले फोहोर व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता राखी फोहोरबाट मोहोर आर्जन गर्ने दीर्घकालीन योजना बनाई काम गर्नुपर्ने देखिन्छ । नगरपालिकाहरूले आफ्नो संगठन तालिकामा फोहोर व्यवस्थापन शाखाको स्थापना गरी फोहोर व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति तयार पार्नुपर्छ । फोहोर व्यवस्थापनको तथ्याङ्कलाई वैज्ञानिक ढंगले अद्यावधिक गर्दै पूर्वाधारको विकास गर्नुपर्छ । फोहोर व्यवस्थापनमा नगरपालिकाहरूले समन्वय गरी छाता अवधारणाको विकास गर्नुपर्छ । साथै, फोहोर व्यवस्थापनमा निजीक्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरूले विशेष कार्ययोजना बनाउनुपर्छ । नगरपालिकाहरूबाट निजीक्षेत्रलाई उपलब्ध गराउने सेवासुविधा स्पष्ट रूपमा उल्लेख हुनुपर्छ । स्पष्ट कार्ययोजनाका साथ परिचालन गर्न सकिएमा फोहोर व्यवस्थापनको सञ्चालन खर्च न्यून गर्न सकिन्छ । फोहोरको वैज्ञानिक व्यवस्थापन गरी त्यसबाट प्रशोधन गरी मल उत्पादन गर्न सके ठूलो धनराशीको बचत हुने देखिन्छ । फोहोर न्यूनीकरण गर्ने घरेलु उपायहरू अवलम्बन गर्न र नगरपालिकाले उपयुक्त प्रविधि भित्र्याई आवश्यक व्यवस्थापन गर्न नगरपालिकाले अल्पकालीन तथा दीर्घकालीन फोहोर व्यवस्थापनमा योजना तर्जुमा गर्नु आवश्यक छ । उपयुक्त प्रविधिको पहिचान गरी सही रूपले फोहोरबाट मोहोर आर्जन गर्ने नीति लिनु आवश्यक छ । नगरपालिकामै ल्यान्डफिल्ड साइटको व्यवस्था गर्ने, पब्लिक प्राइभेट साझेदारी कार्यक्रमलाई अनुकूल बनाउँदै लैजानुपर्छ । फोहोर व्यवस्थापनसम्बन्धी विद्यामान कानूनले फोहोर व्यवस्थापनका लागि विभिन्न निकाय, संस्था तथा व्यक्तिको जिम्मेवारी, कर्तव्य र दायित्वको विषयमा स्पष्ट व्यवस्था नगरेकाले कतै निकायगत जिम्मेवारीमा दोहोरोपना र कतै कर्तव्य र दायित्व स्पष्ट नभएको अवस्था छ । अतः फोहोर व्यवस्थापनसम्बन्धी काम गर्ने निकाय, संघसंस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था हुनेगरी विद्यमान कानूनहरूलाई परिमार्जन गरिनुपर्छ । प्रांगारिक मल कारखाना खोल्न सके यसको व्यवस्थापन निकै सहज हुन्छ । अतः फोहोर व्यवस्थापनमा स्रोत परिचालनको अति आवश्यक छ । डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

फोहोरमैलाको स्रोत परिचालन

काठमाडौंलगायत विभिन्न शहरका फोहोरमैला व्यवस्थापनमा डम्पिङ साइट बेलाबेलामा बन्द वा समस्या आउँदा पनि सम्बद्ध निकायले समस्या निराकरण गर्न नसकी फोहोरमैला व्यवस्थापन राष्ट्रिय समस्याको रूपमा खडा भएको छ । ६ ओटै महानगरपालिका, ११ ओटा उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाका शहरहरूमा फोहोरमैला व्यवस्थापन भोग्नेलाई भोगीनसक्नु, बुज्नेलाई बुजीनसक्नु छ । फोहोरमैला पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज हो । काठमाडौं महानगरपालिका, ललितपुर, भक्तपुर, बनेपा, विराटनगर, धनगढी, सुर्खेत, वीरगञ्ज र पोखरा, भरतपुरलगायत देशका विभिन्न शहरहरूमा फोहोरमैलाको व्यवस्थापन समस्याको रूपमा रहेको छ । काठमाडाैं उपत्यकाको हाल दैनिक निष्कासन हुने करीब १२०० मे.टन फोहोरमैला व्यवस्थापन प्रमुख समस्या भएको देखिन्छ । काठमाडौं उपत्यकाको फोहोरमैला नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोरमैला निष्कासन गर्न थालेको करीब १६ वर्ष पुगिसक्यो । काठमाडौं, ललितपुर र कीर्तिपुरको फोहोर फाल्न भनि बनाएको उक्त डम्पिङ साइटमा हाल १८ ओटा पालिकाको फोहोर फालिँदै आएको छ । वैकल्पिक ल्यान्डफिल्ड साइटका रूपमा नुवाकोटको बन्चरे डाँडामा ल्यान्डफिल साइट निर्माण कार्य सम्पन्न हुँदै छ । २ वर्षका लागि भनेर बनाएको डम्पिङ साइटमा करीब १६ वर्ष निरन्तर फोहोर थुपार्दा फैलिएको दुर्गन्धले स्थानीय बासिन्दा आक्रान्त हुनु स्वाभाविक नै हो । बन्चरे डाँडामा सिसडोलको जस्तो नभई फोहोर छुट्ट्याएर मात्र राख्ने स्यानेटरी ल्यान्डफिल साइट हुने कुरा प्रकाशमा आएको छ । सिसडोल ल्यान्डफिल साइट २०७८ साउनको पहिलो हप्ता पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोरमैला व्यवस्थापनमा ठूलो चुनौती आएको छ । दैनिक १२ सय मेट्रिक टनभन्दा बढी फोहोर फालिँदै आएको सिसडोल ल्यान्डफिल साइटमाथि भनेजस्तै पूर्णरूपमा भरिई समस्या ग्रस्त भएको नौलो होइन । पूर्ण समाधानका लागि बन्चरे डाँडाको ल्यान्डफिल्ड साइट निर्माण सम्पन्न गरि फोहोरमैला व्यवस्थापनका लागि स्रोत परिचालन गरि प्रयोग गर्नुपर्छ । बन्चरेडाँडा काठमाडौंबाट २७ किलोमीटर उत्तरपश्चिममा पर्छ । स्यानिटरी ल्यान्डफिल साइटले बाहिरी क्षेत्रसहित १७०० रोपनी जग्गा ओगटेको जानकारीमा आएको छ । स्यानिटरी ल्यान्डफिल साइट फोहोरमैलाको वैज्ञानिक आधारित सेमिएरोबिक विधिअनुसार निर्माण गरिएको हो । यस ल्यान्डफिल साइटले हाल सिसडोलमा फालिँदै आएको फोहोर २० वर्षसम्म धान्ने प्राविधिकहरूले बताएका छन् । फोहोरलाई स्रोतमै छुट्ट्याएर अधिकतम पुनः प्रयोग तथा उत्पादन गरी बाँकी फोहोरमात्र ल्याएमा यो ल्यान्डफिल साइट १०० वर्ष फोहोर व्यवस्थापन गर्न सकिने सम्बद्ध पक्षको भनाइ छ । फोहोरमैला व्यवस्थापनका लागि स्रोत परिचालन नहुनु, नगरका बासिन्दामा फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी पालिकाको मात्र हो, आफ्नो जिम्मेवारी नसम्झिने, कानूनको उचित कार्यान्वयन हुन नसक्नु, फोहोरमैला व्यवस्थापनमा संस्थागत अभावजस्ता कारणले फोहोर मैला व्यवस्थापनमा समस्या बल्झिरहने गरेको छ । फोहोरमैला व्यवस्थापनमा दक्ष जनशक्तिको कमी, फोहोरमैला व्यवस्थापन कार्यमा नगरपालिकाको प्रमुख प्राथमिकता परे पनि त्यसअनुसार कार्यान्वयन गर्न नसक्नु, दीर्घकालीन योजनाको अभावले पनि यस्तो भएको हो । ल्यान्डफिल साइटको अभाव, फोहोरमैला व्यवस्थापनमा जनचेतना अभिवृद्धि कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्नु, फोहोरमैला व्यवस्थापनमा समुदाय र निजीक्षेत्रसँगको साझेदारी कार्यक्रममा न्यून सहभागिता, फोहोरमैला व्यवस्थापनमा आवश्यक मेशिन तथा उपकरणको उचित प्रयोग नहुनु, फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्याङ्क र अध्ययनको अभाव, फोहोरमैला व्यवस्थापन कार्यको नियमित अनुगमन र मूल्याङ्कनको अभाव, फोहोरमैला व्यवस्थापनमा निहित स्वार्थ, फोहोरमैला व्यवस्थापनमा राजनीतिक खिचातानीले समस्या झन् चर्किएको हो । अन्तरनगरपालिका समन्वयको अभाव, फोहोरमैला प्रबन्ध तथा स्रोत परिचालन गर्न नसक्नु, संस्थागत रूपले तालीम तथा विकास हुन नसकेको, फोहोरमैला व्यवस्थापन सेवामा नगरपालिकाहरूको प्रतिबद्धता र प्राथमिकता निर्धारण नभइसकेको, कमजोर संस्थागत अभ्यासका कारण फोहोरमैलालाई स्रोतका रूपमा परिचालन गर्ने दृष्टिकोण तयार नभई खर्बाैं धनराशी नोक्सानी भएको छ । फोहोरमैलाको समाधानको सबैभन्दा उत्तम उपाय नगरपालिकाले फोहोरमैला व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता राखी फोहोरबाट मोहोर आर्जन गर्ने दीर्घकालीन योजना बनाई काम गर्नुपर्ने, फोहोरमैला व्यवस्थापनमा नगरवासीलाई सचेतना गराउनुपर्ने, प्रत्येक नगरपालिकाले आफ्नो संगठन तालिकामा फोहोरमैला ब्यवस्थापन शाखाको स्थापना गरी फोहोरमैला व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति तयार गर्न कर्मचारी आवश्यक तालीम उपलब्ध गराउनुपर्ने, फोहोरमैला व्यवस्थापनको तथ्याङ्कलाई वैज्ञानिक ढङ्गले अध्यावधिक गरी राख्ने, फोहोरमैला व्यवस्थापनका लागि पूर्वाधारको विकास गर्ने, फोहोरमैला व्यवस्थापनमा नगरपालिकाहरूले समन्वय गरी छाता अवधारणको विकास गर्नेजस्ता कामबाट यसको व्यवस्थापन गर्न सकिन्छ । नगरवासीहरूलाई यसको व्यवस्थापनमा सहभागी गराउने, निजीक्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरूले विशेष कार्ययोजना बनाई अगाडि ल्याउन आवश्यक छ । यस्तो कार्य योजना बढी पारदर्शी तथा नगरपालिकाहरूबाट निजीक्षेत्रलाई उपलब्ध गराउने सेवासुविधा स्पष्ट रूपमा उल्लेख हुनुपर्छ । नगरक्षेत्रको फोहोरमैला व्यवसथापन बढीभन्दा वढी मात्रामा समुदायमा आधारित संस्था, गैरसरकारी संस्था, सरकारी संस्थाहरूलाई स्पष्ट कार्ययोजनाका साथ परिचालन गर्न सकिएमा फोहोरमैला व्यवस्थापनको सञ्चालन खर्चमा न्यूनीकरण गर्न सकिन्छ । फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गरी त्यसबाट प्रशोधन गरी मल उत्पादन गर्न, फोहोरमैला न्यूनीकरण गर्ने घरेलु उपायहरू अवलम्बन गर्न र नगरपालिका उपयुक्त प्रविधि भित्र्याई आवश्यक व्यवस्थापन गर्न नगरपालिकाले अल्पकालीन तथा दीर्घकालीन फोहोरमैला व्यवस्थापनमा योजना तर्जुमा गर्न आवश्यक छ । उपयुक्त प्रविधिको पहिचान गरी सहीरूपले फोहोरबाट मोहोर आर्जन गर्न सकिन्छ । ल्यान्डफिल साइटको व्यवस्था गर्न सार्वजनिक फोहोरमैला व्यवस्थापनका लागि विभिन्न निकाय, संस्था तथा व्यक्तिको जिम्मेवारी, कर्तव्य र दायित्वको विषयमा कानूनले स्पष्ट व्यवस्था नगरेकाले निकायगत जिम्मेवारीमा दोहोरापना र कतै कर्तव्य र दायित्व स्पष्ट नभएको अवस्था छ । फोहोरमैला व्यवस्थापन सम्बन्धी काम गर्ने निकाय, संघसंस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था हुनेगरी विद्यमान कानूनहरूलाई परिमार्जन गरिनुपर्छ । प्राङ्गारिक मलको कारखाना खोल्न आवश्यक पहल गर्नुपर्छ । यसो गर्न सके बन्चरेडाँडाको ल्यान्डफिल साइट वातावरणमैत्री हुनेछ । लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

विश्वलाई सिकाउँदै नेपाल, सामुदायिक वनको व्यवस्थापन यसरी गर्ने

सामुदायिक वनको देश नेपाल भनेर परिचित हुँदैछ। म्यानमारले वन व्यवस्थापनमा नेपालकै मोडल अवलम्बन गरेको हो । समावेशी, शुसासन, नेतृृत्व उत्पादन, स्रोत परिचालन जस्ता विषय सिकाई विषय भएका छन्हप्तामा कम्तिमा पनि ६ जनाले सामुदायिक वनको विषयमा थेसिस गर्छन्फिनल्याण्ड, क्यानडा, युरोप र भारतबाट अध्ययनका विद्यार्थी आउँछन्नेपालको सामुदायिक वनको व्यवस्थापन देखेर विश्व लोभिएको छ

परियोजना व्यवस्थापनमा पुनर्संरचना खोजिँदै

सरकारले ठुला पूर्वाधार आयोजनाले भोग्दै आएका परियोजना व्यवस्थापन तथा कार्यान्वयनका विभिन्न उल्झनलाई निवारण गर्ने स्पष्ट नीतिगत व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्पmत सरकारले आयोजना व्यवस्थापन, स्रोत परिचालन तथा सरोकारवाला निकायको भूमिकालगायतलाई चुस्त र प्रभावकारी बनाउन खोजेको हो ।

प्रमुख स्रोत विदेशमा रहेका नेपाली

एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभामा हुने चुनाव खर्च जुटाउन विदेशमा रहेका शुभेच्छुकहरूसँग रकम संकलन गर्ने भएको छ । खर्च व्यवस्थापन गर्न माधवकुमार नेपालको नेतृत्वमा गठित समितिले चुनाव खर्चका लागि आन्तरिक स्रोत परिचालन गर्ने योजना बनाएको छ, जसमा विदेशमा बस्ने नेपाली प्रमुख स्रोतका रूपमा रहेका छन् । ‘देशभित्र कार्यकर्ता तथा समर्थकबाट एक सय रुपैयाँ र विदेशमा रहेका नेपालीबाट एक सय अमेरिकी डलरदेखि एक हजार अमेरिकी डलर उठाउने योजना छ,’ समिति सदस्य सुरेन्द्र पाण्डेले नागरिकसँग भने, ‘चुनावखर्चका लागि पार्टी कार्यकर्ता र शुभेच्छुकहरूसँगै रकम संकलन गर्ने योजनामा छौं।’