देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भट्टराई र यादवले मंगलबार देउवासँग बालुवाटारमा भेट गरेका हुन्। भेटमा मंसिर ४ हुन हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावबारे गठबन्धन गरेर जाने विषयमा छलफल भएको हो।