सुदूरपश्चिम सरकारमा रामेश्वर र लक्ष्मणकिशोरलाई मन्त्री बनाउने नाउपाको निर्णय

काठमाडौं,५ जेठ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ ।कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई मन्त्रीमा पठाउने निर्णय गरेको हो । रामेश्वर र लक्ष्मण किशोरलाई मन्त्री बनाउनका लागि नाउपाले संसदीय दलका नेता र प्रमुख सचेतकको जिम्मेवारी समेत फेरबदल गरेको छ । […]