कर्णाली करिडोर : कालीकोटदेखि हुम्लासम्म ९ ओटा पुल बन्दै

चैत २२, सुर्खेत । कर्णाली करिडोरमा ९ ओटा पक्की पुल निर्माण हुने भएका छन् । कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म ती पुल निर्माण हुने भएका हुन् ।  कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु, सान्नीघाट र फुगाड खोलामा तथा बाजुराको जुड्डी, बूढीगाड, गल्फगाड र कवाडी खोलामा पक्की पुल निर्माण हुने भएको हो ।  त्यस्तै, हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा पुल निर्माण हुने हुम्ला सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढेको उक्त कार्यालयका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिए ।  ‘ठेक्का प्रक्रिया अगाडि बढेको छ,’ उनले भने, ‘यी खोलामा चाँडै पक्की पुल निर्माणको काम अगाडि बढ्छ ।’ सडक खण्ड फराकिलो पारिँदै कर्णाली करिडोरअन्तर्गत कालीकोट सडक खण्ड फराकिलो बनाउन थालिएको छ । कालीकोटको खुलालुदेखि लैफुसम्म करिडोर क्षेत्रको ४२ किलोमिटर सडक फराकिलो पार्ने काम शुरु भएको हो ।  सडक चौडा बनाउने कामको थालनी गरिएको र दुई ठेकेदार कम्पनीहरुले काम शुरु गरिसकेको उक्त कार्यालयले जानकारी दिएको छ । कर्णाली करिडोर साघुँरो हुँदा यातायात सञ्चालनमा समस्या भएकाले सडक फराकिलो पार्न लागिएको उक्त कार्यालयका इन्जिनियर यादवले बताए । ‘सडक फराकिलो पार्ने पहिलो चरणको काम शुरु भएको छ,’ उनले भने, ‘अब हुम्लासम्म नै सडक फराकिलो पार्ने काम हुनेछ ।’ करिडोरअन्तर्गतको ४० किलोमिटर कालीकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र ११३ किलोमिटर हुम्ला खण्ड रहेको छ । रासस

सम्बन्धित सामग्री

कर्णाली करिडोर समृद्धिको मेरुदण्ड : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले कर्णाली करिडोर कर्णाली र सुदूरपश्चिम प्रदेशको आर्थिक विकास एवं समृद्धिको मेरुदण्ड भएको बताउनुभएको छ । खुलालु सल्लीसल्ला सडक आयोजना कार्यालयको शुक्रबार उद्घाटन गर्दै मन्त्री ज्वालाले कर्णालीका हुम्ला, कालीकोट र मुगुलाई बाजुरासम्म छिटो जोड्ने गरी पुल निर्माणका लागि ठेक्का भइसकेको बताउनुभयो । सडक आयोजनाले सडक र पुल निर्माण व्यवस्थित …

कर्णाली करिडोर पुनः सञ्चालनमा

मान्म, ११ भदौ । मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर खुल्ला गरिएको छ । कर्णाली करिडोको कालीकोटको नरहरिनाथ गाउँपालिका–८ को खुलालुको पक्की पुल बाँयातर्फको भाग मर्मतका लागि बन्द गरिएको आजबाट खुल्ला गरिएको हो । खुलालु हिल्सा सडक खण्डको खुलालु कर्णाली पुलको बायाँपट्टिको जोखिम सडक मर्मतका लागि बन्द गरिएको सडक दश दिनपछि सञ्चालनमा आएको छ । […]

मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर खुल्ला

मान्म– मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर खुल्ला गरिएको छ । कर्णाली करिडोरको कालीकोटको नरहरिनाथ गाउँपालिका–८ को खुलालुको पक्की पुल बाँयातर्फको भाग मर्मतका लागि बन्द गरिएको करिडोर आजबाट खुल्ला गरिएको हो ।  खुलालु हिल्सा सडक खण्डको खुलालु कर्णाली पुलको बायाँपट्टिको जोखिम सडक मर्मतका लागि बन्द गरिएको सडक दश दिनपछि सञ्चालनमा आएको छ । खुलालु पक्की […]

कर्णाली करिडोर मुगुको खत्याडमा जोडिने

मुगु । कर्णाली करिडोर सडकसँग मुगुको खत्याड गाउँपालिका जोडिने भएको छ । सुकाढिक झुगलास्थित हुम्ला कर्णाली नदीमा बेलिब्रिज पुल निर्माण कार्य सकिने अन्तिम चरण पुगेपछि खत्याड गाउँपालिका र कर्णाली करिडोर सडक सम्बन्ध जोडिने भएको छ । खत्याड गाउँपालिका र प्रदेश सरकारको करिब ३ करोड ३५ लाख आर्थिक सहयोगमा हुम्ला कर्णाली नदीमा ६० मिटर लम्बाई बेलिब्रिज […]

तुइनबाटै खाद्यान्न वारपार

कर्णाली करिडोर अन्तरगर्त हुम्लाको सल्लीसल्ला खण्डको नदीमा  पुल निर्माण नहुदाँ तुइनबाट खाद्यान्न तार्ने  गरिएको छ ।  हिल्सा सिमकोट सडक योजनाको ढिलासुस्तीका कारण कर्णाली नदीमा पक्की पुल निर्माण नभएपछि तुइनबाट खाद्यान्न...

निर्माणको १२ वर्षपछि कर्णाली करिडोरको पक्की पुल संचालनमा

कर्णाली करिडोर अन्तर्गतको  कर्णाली नदीको नरहरिनाथ–८ कालिकोटको खुलालुमा रहेको पक्की पुल संचालनमा आएको छ । कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने पुल सञ्चालनमा आएको हो । निर्माण थालेको १२ वर्षपछि कर्णाली करिडोरको...

खुलालु पुल सञ्चालन

कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने खुलालु पुल सञ्चालनमा आएको छ । कर्णाली करिडोर सुरु हुने कालीकोटको खुलालुमा कर्णाली नदीमाथि पुल नहुँदा स्थानीयले सास्ती खेप्दै आएका थिए ।

कर्णाली करिडोरमा पाँच पुल बन्ने

उत्तर–दक्षिण करिडोर अन्तर्गतको कर्णाली करिडोरमा चालू आवमा पाँच पुल निर्माणका लागि ठेक्का प्रक्रिया हुने भएको छ । हालसम्म एउटा मात्रै पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएकोमा चालू आवमा पाँच पुल ठेक्का गरिने कर्णाली करिडोर हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ ।  हिल्सा सरिसल्ला खण्ड अन्तर्गत हाल चार पुल निर्माणको क्रममा रहेको योजनाका प्रमुख बिसुनदास लामाले बताए । पहिलो चरणमा हेप्का, ताग्रु, सल्ली, यङगार पुल निर्माण गर्न लागिएको हो । उनले भने, “यी पुल बनेपछि पनि स्थ

कर्णाली करिडोरमा पाँच पुल बन्ने

काठमाडौँ । उत्तर–दक्षिण करिडोर अन्तर्गतको कर्णाली करिडोरमा चालू आवमा पाँच पुल निर्माणका लागि ठेक्का प्रक्रिया हुने भएको छ । हालसम्म एउटा मात्रै पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएकोमा चालू आवमा पाँच पुल ठेक्का गरिने कर्णाली करिडोर हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ ।