राष्ट्रसंघको मानवअधिकार परिषद्बाट रूस निलम्बित

रूसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्‌बाट निलम्बन गरिएको छ। राष्ट्रसंघीय महासभामा मतदान हुँदा रूसविरुद्ध पर्याप्त मत परेकाले परिषद्‌बाट रूस निलम्बित भएको हो।युक्रेनमा आक्रमण गरेर मानवअधिकार उलङ्घन गरेकाले मानवअधिकार परिषद्‍मा बस्न रूसलाई दिन नहुने भन्दै निलम्बन गरिएको जनाइएको छ। महासभामा भएको मतदानमा रूसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो।त्यसैगरी ५८ देश मतदानमा सहभागी भएका थिएनन्। रूसलाई मानवअधिकार परिषद्‌बाट निलम्बित गरिए