मुख्यमन्त्री बनेको ६९ दिनमा राजीनामा गर्दै बाहिरिए भीम आचार्य

१ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने घोषणा गरेका छन् । प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिने बताएका हुन् । भदौ ९ गते मुख्यमन्त्री नियुक्त भएको आचार्यले ६९ दिन सरकारको नेतृत्व गरेर मार्गप्रशस्त गरेका छन् ।  तत्कालीन एमालेको आन्तरिक कलहमा माधवकुमार नेपाल–झलनाथ खनाल पक्षमा रहेको आचार्यले पार्टी विभाजनमा साथ नदिएर प्रदेशको मुख्यमन्त्री रोजेका थिए ।  ‘संसदमा संविधानको धारा १६८ को उपधारा १ अनुसारको अवस्थामा हाम्रो दल नरहेको हुनाले आजै राजीनामा दिने घोषणा गर्दछु,’ आचार्...

सम्बन्धित सामग्री

राजीनामा दिन्नँ, विश्वासको मत लिन्छु : मुख्यमन्त्री भीम आचार्य (भिडियोसहित)

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमालेका १० सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको सन्दर्भमा उनले तत्काल राजीनामा नदिने प्रस्ट पारे ।मुख्यमन्त्री आचार्यले आफू अल्पमतमा परे पनि संवैधानिक प्रावधान अनुसार अघि बढ्ने बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘संविधान अनुसार म मुख्यमन्त्री भएको हो, संविधानमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसअनुसार म विश्वासको मत

प्रदेश १ मा भीम आचार्य र राजेन्द्र राई सांसद तानातानमा, कस्को कति

विराटनगर, १२ भदौ । नेकपा एमाले विभाजन भएपछि प्रदेश १ को सत्ता राजनीतिक रोचक मोडमा पुगेको छ । एमालेमै रहने निर्णय लिएका सचिव भीम आचार्य मुख्यमन्त्री बनाइएका छन् । शेरधन राईले राजीनामा दिएर उनका लागि मार्ग खोलिदिएका हुन् । विगतमा राईसँगै एमाले संसदीय दलको नेतामा २ मतले पराजित भएर आचार्य मुख्यमन्त्री बन्न रोकिएका थिए । […]

मुख्यमन्त्री राईको ‘उपलब्धिहीन’ साढे तीन बर्ष

झापा – मुख्यमन्त्री पदबाट राजीनामा दिएर प्रदेश सभामा नयाँ चुनिएका नेकपा एमालेका संसदीय दलका नेता भीम आचार्य मुख्यमन्त्री भएपछि पूर्व मुख्यमन्त्री शेरधन राई विदाई मन्तव्य दिँदै थिए। मन्तव्यमा उनी भन्दै थिए, ‘हामीले थुप्रै कामहरू गर्यौं।’ तर उनी मुख्यमन्त्री हुँदा प्रदेशमा दीर्घकालिन महत्व राख्ने काम के-के भए भन्ने कुरा भन्न सकेनन्। आफूले चाहे अनुरुप काम गर्न […]

प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री, पाउलान् विश्वासको मत ?

इटहरी । प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएसँगै बिहीबार नै सपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आचार्यलाई पद तथा गोपनियताको सपथ गराए । शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि उनलाई एमाले संसदीय दलको बैठकले संसदीय दलको नेतामा चयन गरेको […] The post प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री, पाउलान् विश्वासको मत ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

मुख्यमन्त्री शेरधन राईले दिए राजीनामा

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राईले राजीनामा बुझाएका हुन्। एमाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मतबाट चयन भैसकेका छन्। आचार्यलाई मुख्यमन्त्री बनाउने सहमति बमोजिम राईले राजीनामा दिएका हुन्। राईकै प्रस्तावमा एमाले सचिव समेत रहेका आचार्यलाई बिहीबार संसदीय दलको नेतामा चयन गरिएको […]

शेरधन राईद्वारा राजीनामा, भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो । प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि उनले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री बनाइएको हो ।  वागमती प्रदेशमा अष

भीम आचार्य मुख्यमन्त्री नियुक्त, प्रदेश प्रमुखसामु लिए शपथ

१ नम्बर प्रदेशको मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । आचार्यले प्रदेश प्रमुखसामु शपथ लिएका छन् । यसअघि मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका थिए । राजीनामा तत्कालै स्वीकृत भएर आचार्यको नियुक्तिसँगै शपथ भएको छ । यसअघि आचार्य प्रदेशसभामा एमाले पार्टी संसदीय दलको नेता चयन भएका थिए ।

मुख्यमन्त्री राईले दिए राजीनामा

काठमाडौं, १० भदौ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । राईले आज प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राजीनामा बुझाएका हुन् । यसअघि प्रदेश नम्बर १ को एमाले संसदीय दलमा चयन भएका भीम आचार्य मुख्यमन्त्री बन्ने भएका छन् । एमालेभित्रको एकता अभियानमा जोडिएका आचार्यलाई अध्यक्ष केपी शर्मा ओलीकै चाहनाबमोजिम राईले […]