कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले दिएको रिट न्यायाधीश रेग्मी इजलासमा

विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा बुधवार सुनुवाइ हुँदैछ ।  उक्त रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको छ । आफैंलाई गैरकानूनी ढंगले हटाइएकाले पुनर्बहाली गर्न माग गर्दै शाक्यले सोमवार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । शाक्यलाई हटाएर सरकारले साउन २५ गते कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको थियो ।  कुलमानको नियुक्तिविरुद्धको रिट न्यायाधीश रेग्मीको...