लुम्बिनी र प्रदेश नं १ सरकारको नीति कार्यक्रम पनि बहुमतले पारित

काठमाडौं : लुम्बिनी र प्रदेश नम्बर १ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएका छन्। आज बसेका प्रदेश सभाका छुट्टाछुट्टै बैठकले आगामि आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि पारित गर्ने संवैधानिक व्यवस्था छ। दुबै प्रदेश सभाको बैठक असार १ गते मंगलबार दिउँसो ३ बजे बस्नेछ। प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशमा पनि आजै  नीति कार्यक्रम पारित गर्ने तयारी छ। कर्णाली प्रदेशमा भोलि पारित गर्ने त