अपवित्र गठजोडविरुद्ध लड्यौँ र राजनीति जित्यौँ : शेखर कोइराला

काठमाण्डाै - ​नेपाली कांग्रेसको सभापतिमा पराजित नेता डा. शेखर कोइरालाले चुनाव हारे पनि प्रतिनिधि र लोकतन्त्रवादीहरुको मन जित्न सफल भएको बताउनुभएको छ । आज प्रेस विज्ञप्ति निकालेर उहाँले पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोडविरुद्ध लडेको र राजनीति जितेको बताउनुभएको हो । साथै नेता कोइरालाले कांग्रेस सुधारको प्रक्रियालाई अगाडि बढाउने थप जिम्मेवारी पनि आफ्नो काँधमा आएको उल्लेख गर्नुभएको छ । प्रतिनिधि तथा शुभेच्छुकबाट पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढङ्गले चलाउन चाहिने गरी ४० प्रतिशत मत प्राप्त भएको र यो मतब...

सम्बन्धित सामग्री

के कोशीले राष्ट्रिय राजनीति तताउला ?

नेकपा एमालेका ३९ र नेपाली कांग्रेस शेखर कोइराला पक्षधर ८ जनाको सहयोगमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेपछि राजनीतिक वृत तातेको छ।

नीति अधिवेशन अविलम्ब गर्नुपर्छ : शेखर कोइराला

१७ पुस, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गरेका छन् । विपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आइतबार आयोजित ‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक संगोष्ठीमा उनले नेतृत्वलाई महामन्त्रीहरूले नीति अधिवेशन गर्न वक्तव्यमार्फत माग गर्ने होइन गराउनेतर्फ पहल सुरु गर्नुपर्ने धारणा राखे । […]

गठबन्धनकै सरकार बन्छ : शेखर कोइराला

२० मंसिर, बिराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने बताएका छन् । कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा कोइरालाले भने, ‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आश्यक देख्दिनँ । त्यो सरकारले तपाई हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन ? यसमा चुनौती छ ।’ कांग्रेसको […]

देशमा सुशासन छैन भन्दा पनि हुन्छ : शेखर कोइराला

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको दाबी गर्नुभएको छ ।  आज बिहीवार काठमाण्डाैमा आयोजित डा. दीपकप्रकाश बाँस्कोटाद्वारा लिखित निष्ठाको यात्रा नामक कृतिको लोकार्पण एवम् वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता कोइरालाले नेपाललाई श्रीलङ्का नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मूल र सुशासन दिन सक्नुपर्ने बताउनुभयो ।  नेता कोइरालाले भन्नुभयो, ‘हामी राजनीति त गर्छाैँ तर नागरिकसँग धेरै टाढा भइसकेका छौँ । जन...

संवैधाधिनक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने पक्षमा शेखर कोइराला

कोइराला तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर विरोध गरेको भन्दै सो विधेयक लैजानु नहुने बताउनुभयो । त्यस्तै उहाँले नागरिकतासम्बन्धी विधेयकमा राजनीति गर्नु नहुने बताउनुभयो ।

देउवासँग ६०/४० को भागबण्डा माग्न शेखरलाई गगनको प्रस्ताव

काठमाडौं, २४ असार । नेपाली कांग्रेसभित्र भागबण्डाको राजनीति सुरु भएको छ । १४औं महाधिवेशनमा भागबण्डाको अन्त्यको लागि चर्को नारा लिएर नेतृत्वको लागि प्रतिष्पर्धामा उत्रिएको शेखर कोइराला समूह महाधिवेशन भएको ६ महिना बित्न नपाउँदै भागबण्डाको राजनीतिमा सक्रिय भएको छ । यो समूहका नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच आज अब कसरी अघि बढ्ने भन्ने विषयमा […]

उहाँ (देउवा) ले अहिले नै गुटको राजनीति गर्न थालिसक्नुभएको छ : डा. शेखर कोइराला

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित डा. शेखर कोइरालाले आफूले हारेपनि पार्टीभित्र लोकतन्त्रले जितेको बताएका छन् । आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने–‘होइन्, मैले जितें वा जितिनँँ भन्ने भन्दापनि लोकतन्त्रको विजय भएको छ […]

काँग्रेसमा विरासतको राजनीति गर्नेहरु कमजोर भएका हुन् ?

काठमाडौं, ७ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा विरासतको राजनीतिबाट आएका कोही पनि पदाधिकारी चयन भएनन् । कोइराला परिवारका डा. शेखर कोइराला सभापतिमा, सुजाता कोइराला र महेश आचार्य उपसभापतिमा पराजित भए । प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि सभापतिमा पराजित भए । उनीहरु सबै नेताका छोराछोरी र नजिकका आफन्त हुन् । पदाधिकारीमा विरासतको राजनीतिबाट आएकाहरु […]

चुनावमा धक्का खाएपछि काँग्रेसमा विरासतको राजनीति गर्नेहरु फेरि जुट्दै

काठमाडौं, २ पौष । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले आफूलाई सभापतिको साझा उम्मेदवार मान्न पक्षका नेताहरु तयार नभएपछि विरासतको राजनीति गर्नेहरुविरुद्ध कडा बोलेका थिए । आफूलाई विरासतको राजनीतिक गर्नेहरुले सभापति बन्नबाट रोकेको भन्दै असन्तुष्टि जनाए । उनले यस्तो अभिव्यक्ति दिदै गर्दा सभापतिको मतपरिणाम पनि आयो । जसमा शेरबहादुर देउवा पहिलो चरणमा पहिलो र शेखर कोइराला […]

चुनावमा अपवित्र गठजोड भयो, तर हामीले राजनीति जित्यौँ : शेखर कोइराला

नेपाली काँग्रेसको सभापति पदमा पराजित नेता शेखर कोइरालाले  १४ औं महाधिवेशनमा पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड भएको बताएका छन् । उनले आफूहरु त्यस्तो गठजोडसँग रहेको बताउँदै चुनावमा पराजित भएपनि राजनीति भने जितेको जिकिर गरेका छन् । ‘पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नका लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग उर्जावान युवाहरुको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र