म्याग्दीमा गएकाे वर्ष सुन्तला उत्पादनमा २५ प्रतिशतले कमी

म्याग्दी – हिमाली जिल्ला म्याग्दीमा गएको आर्थिक वर्ष २०७७/७८ मा सुन्तला उत्पादनमा २५ प्रतिशतले कमी आएको छ । सुन्तला उत्पादनका हिसाबले पकेट क्षेत्र मानिने जिल्लाको बास्कुना, राखु, मरेक, बराङ्जा र अर्मनलगायत क्षेत्रमा देखिएको रोग किराको प्रकोपले उत्पादनमा ह्रास आएको हो ।  म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको मरेक, राखु, ४ नम्बर वडा सिङ्गाको बास्कुनास, मङ्गला गाउँपालिका-३ र ४ बराङ्जा तथा मङ्गला-५ अर्मनका कृषकहरुले लगाएको सुन्तलामा चाइनिज सिड्रस फुडफ्लाई जातको किराको प्रकोप देखिएको थियो । याे किराको प्रको...

सम्बन्धित सामग्री

म्याग्दीमा सुन्तला बिक्रीबाट राम्रो आम्दानी गर्दै महिला किसान

गलेश्वर (म्याग्दी) । सुन्तला बिक्रीबाट यहाँका महिला किसानले राम्रो आम्दानी गर्दै आएका छन् । सुन्तला बिक्रीबाट राम्रो आम्दानी हुन लागेपछि रहरले सुन्तलाखेती गरेका महिला पनि व्यावसायिकरुपमा सुन्तलाखेतीतर्फ आकर्षित भएका हुन् । विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरैजसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका छन् । सुन्तलाको राम्रो बगान भएका र व्यावसायिकरुपमा लागेका किसानले वार्षिक रु तीनदेखि आठ लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर बेनी नगरपालिकाको राखु, मरेक, सुर्केमेला, घतान, मङ्गला गाउँपालिकाको बरङ्जा, भेडाबारी, अर्मन, मालिका गाउँपालिकाको रुन्मा, बिम, ओखरबोट, धवलागिरि गाउँपालिकाको ताकम, रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेग, दोवा र अन्नपूर्ण गाउँपालिकाको दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला बढी उत्पादन हुने गरेको छ । म्याग्दीमा २ सयभन्दा बढी सुन्तला बगैँचा छन् । म्याग्दीमा विशेषगरी सुन्तलाखेतीको रेखदेख र बिक्रीवितरणको जिम्मेवारी महिलाले लिएका छन् । यहाँका युवा अधिकांश विदेश भएकाले अरु खेतीपाती झैँ सुन्तलाखेती पनि महिलाकै कारण फस्टाएको र यसबाट भएको आम्दानीले महिला स्वावलम्बी बन्दै गएको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेकी मायादेवी पुनले बताइन् । पुनले सुन्तला बिक्री गरेर राम्रो आम्दानी गरिरहेको बताइन् । आफ्नो बगानमा रहेका सुन्तला र बिरुवा बिक्रीबाट वार्षिक ५० हजारदेखि डेढ लाख रूपैयाँसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । “मैले सुन्तला खेतीबाट राम्रो आम्दानी लिँदै आएकी छु”, कृषक पुनले भन्नुभयो, “व्यावसायिकरुपमा सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।” सुन्तला खेतीलाई यहाँका महिला किसानको पेन्सनका रुपमा लिन सकिने म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । बिरुवा हुर्काएपछि सय वर्षसम्म लाभ लिन सकिने भएकाले यो व्यवसाय वृद्धवृद्धाका लागि बाँच्ने आधार रहेको उनको भनाइ छ । “सुन्तलाखेती बुढेसकालको सहारा बनेको छ”, उनले भने, “एकपटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ, सामान्यरुपमा बगानको हेरचाहमात्र गरे धेरै दुःख गर्न पर्दैन ।” व्यावसायिक सुन्तला खेतीमा लागेका यहाँका महिला घरको अरु काम धन्दालाई भन्दा सुन्तलाको स्याहार सुसारलाई बढी ध्यान दिने गरेको बेनी नगरपालिका–३ राखु भकिम्लीकी कृषक धना पुनले बताइन् । ठेकेदारले बगानबाटै सुन्तला किन्ने गरेकाले बिक्रीका लागि कुनै समस्या नभएको उनको भनाइ छ । यस वर्ष सुन्तला बिक्री गरेर १ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको उनले बताइन्। यहाँ उत्पादित सुन्तला बेनी, पोखरा हुँदै काठमाडौँ र नारायणघाटसम्म पुग्ने गरेको स्थानीय किसानले बताएका छन् । सुन्तला बिक्रीबाट आम्दानी लिन थालेपछि महिलाको आम्दानीबाट नै घरखर्च धानिने, छोराछोरीको पढाइ खर्च पुग्ने र बचेको रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने गरिएका छन्। बिरामी हुँदा र भैपरी आउँदा कसैसँग हात थाप्नुपरेको छैन । पश्चिमी र उत्तरी म्याग्दीमा फलेका सुन्तलाको बजारमा राम्रो माग रहेको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । बोक्रा पातलो तथा अन्य ठाउँको सुन्तलाको तुलनामा गुलियो हुने भएकाले यहाँका सुन्तलाको बजारमा छुट्टै स्थान रहेको कृषि ज्ञानकेन्द्र म्याग्दीका प्राविधिक श्यामशरण कुर्मीले बताए । सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । पछिल्लो समय यो क्षेत्रका धेरै महिला व्यावसायिक सुन्तलाखेती विस्तारमा जुटेको उनले बताए । म्याग्दीमा यतिबेला बगैँचाबाट सुन्तला टिपेर बजार पठाउन यहाँका महिला व्यस्त छन् । बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँका व्यापारी सुन्तला खरिद गर्न किसानको बगैँचामै पुगेका छन् । म्याग्दीमा ७०६ हेक्टर क्षेत्रमा सुन्तला जातका फलफूलको खेती भएको जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ । तीन सय ५५ हेक्टरभन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । यहाँ गत वर्ष ३ हजार ९०५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र म्याग्दीको तथ्याङ्क छ । रासस

म्याग्दीमा सुन्तला उत्पादन घट्यो

गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा करिब दश प्रतिशतले उत्पादन घटेको अनुगमन गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन कार्यालयले जनाएका छन् ।

बोटबाटै सुन्तला विक्रि भएपछि कृषक उत्साहित

म्याग्दीमा बोटबाटै सुन्तला विक्रि हुन थालेपछि कृषकहरु उत्साहित बनेका छन् । व्यावसायिक रुपमा सुन्तला खेती विस्तार भएका क्षेत्रमा उत्पादित सुन्तलाको खदिरका लागि व्यवसायिहरु बगैँचामै पुग्न थालेका छन् । सुन्तलाको बजारीकरणको...

म्याग्दीमा सुन्तला बोटबाटै झर्न थाले

म्याग्दी । म्याग्दीका सुन्तला उत्पादक कृषक चिन्तित भएका छन् । पाक्नै लागेका सुन्तलामा औंसा किरा र स्केल रोगको प्रकोप देखिन थालेपछि सुन्तला उत्पादक कृषकहरू चिन्तित भएका हुन् । बिक्री गर्ने बेलाका सुन्तला कुहिएर बोटबाटै झर्न थालेको किसानहरूले बताएका छन् । म्याग्दीको वास्कुना र दोसल्ले क्षेत्रमा सुन्तलामा यस्तो रोग देखापरेको हो । जिल्लाभर करिब १७ प्रतिशत […]

म्याग्दीमा सुन्तला उत्पादन बढ्यो, यस वर्ष १० करोड रुपैयाँभन्दा धेरैको कारोबार

म्याग्दी – म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन बढेको छ । अनुकूल मौसम, सुन्तलाको क्षेत्रफल विस्तार, रोग तथा किराको प्रकोप नियन्त्रण, किसानलाई विषादी र बिउबिजन सहयोग भएपछि सुन्तलाको उत्पादन बढेको हो ।  म्याग्दीमा ६ सय ४० हेक्टर क्षेत्रफलको जमिन सुन्तला खेतीले ढाकेकोमा तीन सय ४५ हेक्टरमा रहेको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा विगतका वर्षको तुलनामा भन्दा सुन्तला उत्पादन बढेको बताउँदै कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले दुई हजार ३० मेट्रिक टन ...

म्याग्दीमा सुन्तला उत्पादन ४.५३% ले बढ्यो

पुस २२, म्याग्दी । म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । गत वर्षको तुलनामा ४ दशमलव ५३ प्रतिशतले सुन्तला उत्पादन बढेको हो ।  कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले गत वर्षको तुलनामा १०० मेट्रिक टन सुन्तला बढी फलेको जानकारी दिए ।  उनले भने, ‘उत्पादन भएको ८० प्रतिशत सुन्तला विक्री बजारमा पठाइएको छ ।’ गत वर्ष ३४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदा दुई हजार ८० मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष ३५५ हेक्टरमा लगाइएको बोटबाट दुई हजार १८० मेट्रिक टन सुन्तला उत्पादन भएको पाण्डेले बताए ।  कृषकले विक्री गरेको सरदर मूल्यका आधारमा जिल्लाभर रू. १३ करोड बराबरको सुन्तला उत्पादन भएको छ । कृषकले प्रतिकिलो रू. ५० देखि रू. ८० का दरले सुन्तला विक्री गरेका छन् ।  राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला अत्यधिक उत्पादन हुन्छ ।  म्याग्दीको सुन्तला पोखरा, चितवन, बुटवल, काठमाडौंलगायत ठाउँमा बिक्री हुँदैआएको छ । व्यापारीले बगैँचामै आएर सुन्तला खरीद गर्ने गरेको बेनी नगरपालिका–३ राखुका थमबहादुर पुनले बताए ।  राखुमा रू. एक करोड ५० लाख बराबरको सुन्तला विक्री भएको छ । औसा परेर झर्ने समस्या नियन्त्रणका लागि कृषकलाई तालिम प्रदान गरिएको छ । बोट सुक्ने र पाक्ने बेलामा दाना झर्ने समस्या नियन्त्रणमा कृषक र प्राविधिक जुटेका छन् । रासस

म्याग्दीमा सुन्तलाको उत्पादन बढ्दो: वार्षिक साढे सात करोडको कारोबार

गलेश्वर । म्याग्दीका सुन्तला उत्पादक किसानलाई यतिबेला सुन्तला बिक्री गर्न भ्याई नभ्याई छ । सुन्तला खरिद गर्न व्यापारी गाउँ–गाउँमा रहेका सुन्तला बगैँचामा नै आउन थालेपछि किसानले घरबाट नै सुन्तला बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् । बेनी नगरपालिका–४ बास्कुनाका तिलक गुरुङले रु पाँच लाखमा आफ्नो सुन्तला बोटबाटै बिक्री गरे । पोखराबाट आएका व्यवसायीले गुरुङको […]

म्याग्दीका सुन्तला बगैँचामा औँसा किराको प्रकोप

म्याग्दी –  म्याग्दीमा उत्पादित सुन्तलामा यसवर्ष पनि रोग तथा किराको प्रकोप देखिएको छ । व्यावसायिक सुन्तला खेतीमा चाइनिज सिडरस फुड फ्लाइ (औँसा) नामक किराको प्रकोप देखिएको हो।  सुन्तलाको बोटमा औंँसा किरा लागेर दाना पहेँलो हुँदै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । यस वर्ष उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानको दोसल्ले, मङ्गला–१, खानीगाउँ र मङ्गला–३, बराङ्जाको घोर्लेनीलगायत क्षेत्रमा लगाइएको सुन्तलामा औँसा किरा लागेको छ । गएकाे वर्ष जिल्लाको बेनी नगरपा...

म्याग्दीमा सुन्तला उत्पादन घट्ने

चाइनिज सिडरस फुड फ्लाई (औंसा) नामक किराको प्रकोपका कारण म्याग्दीमा यो वर्ष सुन्तला उत्पादन घट्ने भएको छ ।

म्याग्दीमा सुन्तला जोन

जिल्लाको विशिष्टीकृत बालीका रूपमा रहेको सुन्तला कार्यक्रमको जोन कार्यालय म्याग्दीमा स्थापना हुने भएको छ । संघीयता कार्यान्वयनसँगै सुन्तला खेती विस्तारका लागि भूमि व्यवस्थापन तथा कृषि विकास मन्त्रालयले म्याग्दीमा जोन कार्यालय राख्ने भएको हो ।