टोकियो ओलम्पिकः थ्री–अन–थ्री बास्केटबमा अमेरिकाले जित्यो स्वर्ण

एजेन्सी। स्टेफेनी डोल्सन, एलिशा ग्रे र केलेसी प्लम सम्मिलित अमेरिकी महिला बास्केटबल टिमले महिला थ्री–नट–थ्री बास्केटबलमा स्वर्ण पदक जितेको छ। अमेरिकाले रुसलाई १८–१५ ले हराउँदै स्वर्ण पदक जितेको हो। थ्री–नट–थ्री बास्केटबल यही संस्करणबाट ओलम्पिकमा समावेश गरिएको हो। चीनले काश्य पदक जित्यो। चीनले फ्रान्सलाई १६–१४ को स्कोरमा पराजित गरेको हो।