काठमाण्डाै – दक्षिण कोरिया र हङकङले कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेका छन् ।
दक्षिण कोरियाले आउँदो सात महिनाभित्र देशका ७० प्रतिशत नागरिकलाई खोप लगाइ सक्ने लक्ष्य लिएको छ भने हङकङले यस वर्षको अन्तिमसम्ममा सबै वयस्क नागरिकलाई खोप लगाइ सक्ने लक्ष्य लिएको जनाएको छ ।
गएको वर्ष चीनमा देखिएको कोरोना भाइरस चीनबाहिर देखिने क्रमको सुरुवातमै दक्षिण कोरिया र हङकङमा देखिएको थियो । यी दुई देशले व्यक्तिगत दुरी कायम, शीघ्र परीक्षण, क्वरेण्टीन तथा सङ्क्रमितको ट्र्याकिङ गरेर समयमै महामारीलाई नियन्त्रणमा लिएका थिए ...