मन्त्रिपरिषद् विस्तारका तीन अड्चन : पुगेन भ्यागुताको धार्नी !

 मन्त्रिपरिषद् विस्तारको तयारीमा तत्कालका लागि फेरि ब्रेक लागेको छ । सरकार गठनको ५० दिन कटिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दर्ता हुन र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताका लागि सहजता खोज्दाखोज्दै  ५० दिन कटेको छ ।प्रधानमन्त्री देउवाले चार मन्त्री र एक राज्यमन्त्रीको भारसहित ५० दिन सरकार हाँकिरहेका छन् । जसपाको आधिकारिकता साउन ११ मा टुङ्गिए पनि सरकारमा जान