अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा पनि नेपालमा मूल्य यथावत्

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपालमा खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ। नेपाल आयल निगमले आज विज्ञप्ति जारी गर्दै उपभोक्तालाई थप भार नपरोस् भन्ने उद्देश्यले हालका लागि मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। निगमका अनुसार पछिल्लो समायोजनमा पेट्रोलको खरिद मूल्य प्रतिलिटर दुई रुपैयाँ नौ पैसा, डिजेलको दुई रुपैयाँ ४७ पैसा र एलपी […]