५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने मारुती पहिलो कम्पनी

मारुती सिमेन्ट ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादक पहिलो कम्पनी बन्न सफल भएको छ । सरकारले सिमेन्टको ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरेअनुरुप मारुती सिमेन्ट नेपाल गुणस्तर विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बन्न सफल भएको हो ।यसअघि नै ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गरिरहेको यो कम्पनीले […]

सम्बन्धित सामग्री

दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै शिवम्

शिवम् सिमेन्टले दैनिक तीन हजार टन ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ । सन् २००३ मा मध्य नेपालको हेटौंडा, मकवानपुरमा स्थापना भएको शिवम् सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनका लागि स्थानीय उच्च गुणस्तरीय चुनढुंगाको प्रयोग गर्दै आएको छ ।

यसकारण बोरामै ५० रुपैयाँले बढ्यो सिमेन्टको भाउ

वर्षात् कम हुँदै गएपछि निर्माणको काम सूचारु हुने अपेक्षासहित उद्योगीहरुले सिमेन्टको भाउ बढाएका छन् । उद्योगीहरुले प्रतिबोरा ५० रुपैयाँ मूल्य बढाएका हुन् । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाका अनुसार सबै उद्योगले नभई केहीले मूल्य बढाएका हुन् । उनले उत्पादन लागत र ढुवानीको शुल्क बढेकाले मूल्य बढ्नु स्वभाविक भएको पनि बताएका छन् । ‘ढुवानी र लागत बढेको छ, मूल्य नबढाई बेच्न सक्ने स्थिती पनि छैन’ उनले भने, ‘अलिअलि बढेकै छ ।’अध्यक्ष थापाले हाल एक बोरा (५० किलो) ओपीसी सिमेन्ट उत्पादन गर्दा ६५० रुपैयाँ लागत लाग्ने बताए । पीपीसी सिमेन्टको फ्याक्ट्री मूल्य प्रतिबोरा ५५० रुपैयाँ छ । अहिले काठमाडौँको बजारमा ओपीसी सिमेन्ट प्रतिबोरा ७७० रुपैयाँदेखि ७८० रुपैयाँमा उपलब्ध रहेको दाबी उद्योगीहरुको छ ।तर, अन्तराष्ट्रिय बजारमा कोइलाको मूल्य अस्वभाविक रुपमा बढेकाले सिमेन्टको लागत नै बढ्न गएको सिमेन्ट उत्पादक संघका अध्यक्ष थापाको दाबी छ ।कोइलाको मूल्य प्रति मेट्रिक टन ३८ हजार रुपैयाँ पुगिसकेकाले सिमेन्टको लागत अझै बढ्ने उनको अनुमान छ ।‘कोइलाको भाउ प्रति मेट्रिक टन ३८ हजार रुपैयाँ पुगिसकेको छ, गत वर्ष यहीँ बेला १४ देखि १५ हजार रुपैयाँ थियो’ अध्यक्ष थापाले थपे, ‘त्यहीँ भएर पनि केही सिमेन्ट उद्योगहरुले भाउ बढाउनु परेको हो ।’नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पनि साना ठूला सबै उद्योगले सबै खालका सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँ मूल्य बढाएको बताएका छन् । ‘सबै खालका सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँ मूल्य बढाएका हुन्’ उनले भने, ‘अहिले सिमेन्टको खपत खासै छैन, त्यहीँ भएर निर्माण उद्योगमा प्रभाव परिसकेको चाहिँ छैन ।’अध्यक्ष सिंहले फलामे डण्डीको भाउ पनि प्रति किलो १ सय रुपैयाँभन्दा कम नै रहेको बताएका छन् ।‘डण्डीको भाउ पनि अहिले खासै महँगो छैन, सय रुपैयाँ भन्दा तल नै छ’ सिंह भन्छन्, ‘कुनै कुनै चाहिँ ब्राण्ड महँगो भएकाले सय रुपैयाँ पनि छ ।’

नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बनेको शिवमको दाबी

काठमाडौँ – शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ। नेपालकै प्रतिष्ठित एवम् अग्रणी ओपीसी सिमेन्ट उत्पादक कम्पनी रूपमा पहिचान बनाएको शिवमले छोटो समयमा नै धेरै सिमेन्ट उत्पादन तथा बिक्री वितरण गरेको छ। ओपीसी सिमेन्ट मात्र उल्पादन गर्दै आएको कम्पनीले नेपालका विभिन्न ठाउँमा […]

शिवम् बन्यो नेपालकै सर्वाधिक बिक्रि हुने सिमेन्ट, ११ करोड बोरा बिक्री

शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गरेको छ । यससँगै शिवम् नेपालभरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ । शिवम्ले स्थापनाकालदेखि असार मसान्तसम्मको अवधिमा ११ करोड बोरा बिक्री गर्दै नेपालकै सर्वाधिक सिमेन्ट बिक्री गर्ने उद्योग बन्न सफल भएको हो ।  ओपीसी मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । गुणस्तरीय उत्पादनकै कारण

मारुती सिमेन्ट गुणस्तरहीन, बजारबाट सबै सिमेन्ट फिर्ता गरिँदै

मारुती सिमेन्ट गुणस्तरहीन पाईएको छ । तोकिएको गुणस्तरविपरीत सिमेन्ट उत्पादन गरेर बिक्रि गरेको पाईएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टलाई कारबाही गरेको हो ।विभागले मारुती सिमेन्ट, सिराहालाई ओपीसी ४३ ग्रेडको सिमेन्ट बिक्री वितरणमा रोक नै लगाएको छ । यसअघि पनि गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै कारबाहीमा परेको मारुती सिमेन्टले विभागको निर्देशन नै अटेर गर्दै पुनः कारबाही भोग्न बाध्य भएको हो ।यसअघि मारुती सिमेन्टले आफूले नलिएको गुणस्तर चिन्ह (एनएस) लिएको भन्दै गलत विज्ञापन गरेको थियो । यस विषयमा उजुरी परेपछि कारबाही भोगेको मारुतीले फेरि अर्को बद्माशी गरेको विभागले जनाएको छ । विभागले कम्पनीबाट उत्पादित सिमेन्ट प्रयोगमै रोक लगाएको छ । विभागले मारुती सिमेन्ट कम्पनीबाट उत्पादित ४३ ग्रेडको ओपीसी सिमेन्ट प्रयोग नगर्न र बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन निर्देशन दिएको छ ।विभागले संकलन गरेको नमूना परीषण गर्दा कम्प्रेसिभ स्ट्रेन्ज्थ (एमपीए) ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै पाईएको थियो । नेपाल गुुणस्तर ५७२ बमोजिम नभएपछि विभागले सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो ।यसअघि २०७६ असारमा पनि नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै मारुती सिमेन्टलाई कारबाही गरेको थियो । त्यस समयमा अधिकतम ५ प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नाप जाँचका क्रममा तोकिएभन्दा बढी पाईएको थियो । ५ प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तरहीन मानिन्छ ।

मरुती सिमेन्टको उत्पादनमा रोक

नेपाल समाचारपत्र, काठमाडौं ।  नेपाली बजारमा गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको मारुती सिमेन्ट कारबाहीमा परेको छ । विभिन्न आकर्षक विज्ञापन गरेर नेपाली उपभोक्तालाई ठगी गर्दै आएको उक्त सिमेन्ट कम्पनीबाट उत्पादित सिमेन्ट प्रयोग नगर्न समेत नेपाल गुणस्तर तथा नापतौल विभागले उपभोक्तालाई आग्रह गरेको छ । सो कम्पनीबाट उत्पादित ४३ ग्रेडको ओपीसी सिमेन्ट प्रयोग नगर्न र बजारमा […]

शिवम् सिमेन्टले थाल्यो ५३ ग्रेडको उत्पादन

काठमाडौं। शिवम् सिमेन्टले ५३ ग्रेडको सिमेन्ट उत्पादन सुरु गरेको छ। कम्पनीले एनएस –५७२ अन्र्तगत ५३ ग्रेडको सिमेन्ट उत्पादन सुरु गरेको हो। योसँगै नयाँ ऐनअनुसार ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्ने र एनएस क्वालिटी अवार्ड–२०१९ बाट पुरस्कृत हुने पहिलो कम्पनी बनेको छ। यसअघि ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने पहिलो कम्पनी बनेको थियो।

मारुती सिमेन्ट ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने पहिलो कम्पनी बन्न सफल

काठमाडौं । मारुती सिमेन्ट नेपाल गुणस्तर विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै सर्वशक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालको पहिलो कम्पनी बन्न सफल भएको छ । यसभन्दा अघि नै ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गरिरहेको यो कम्पनी दुवै ५३ र ४३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालको पहिलो कम्पनी...

मारुती सिमेन्टलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त

मारुती सिमेन्टले आफ्नो गुणस्तरलाई अझ निखार्दै नेपाल गुणस्तर तथा नापतौल बिभागबाट अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त गर्ने क्रममा क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरणका लागि एनएस/आईएसओ ९००१ः२०१५ र क्लिंकर–क्रसिङ, ग्राइन्डिङ र क्लिंकराइजेसन एवं ओपीसी सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एनएस/आईएसओ १४००१ः२०१५ द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न सफल भएको छ ।