गठबन्धन सरकारको साझा कार्यक्रमअनुसार काम गर्न मन्त्री र सचिवहरूलाई देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकारको साझा न्युनतम कार्यक्रमअनुसार काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । बुधवार मन्त्री र सचिवहरूलाई संयुक्त रूपमा सम्बोधन गर्दै देउवाले सुशासन प्रबद्र्धन गर्न समेत निर्देशन दिए । देउवाले सरकारको साझा न्युनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रबद्र्धनबारे मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारमा प्रधानमन्त्री देउवासहित मन्त्री र सचिवहरूको बैठक जारी रहेको छ ।