इटहरी गोल्डकपमा एपीएफ र सगरमाथा भिड्दै

इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करणको शनिबार सुरु हुँदै छ । यसवर्षदेखि रात्रिकालीन समयमा सुरु हुने गोल्डकपको उद्घाटन खेलमा एपीएफ क्लब र साबिक विजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित सामग्री

इटहरी गोल्डकपमा सगरमाथाको सानदार सुरुवात

साविक विजेता सगरमाथा युथ क्लब १४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । इटहरी रंगशालामा शनिबार राति सम्पन्न उद्घाटन खेलमा सगरमाथाले बिभागीय टिम शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।