बहुचर्चित वित्तीय अनियमितता प्रकरणमा व्यवसायी दीपक भट्टसहित ७५ जनाभन्दा बढीविरुद्ध करिब साढे पाँच अर्ब रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिफारिस गरेपछि नेपालको वित्तीय क्षेत्र फेरि एकपटक चर्चामा आएको छ। बीमा, धितोपत्र, सम्पत्ति शुद्धीकरण तथा बैंकिङ कसुरसँग सम्बन्धित चार फरक अभियोगमा अनुसन्धान भइरहेको यो प्रकरणलाई पछिल्लो समय […]
कर छली र भन्सार जाँचपास प्रक्रियासँग जोडिएको विवादमा साइमेक्स इंक प्रालिमाथि अनुसन्धान तीव्र बनेको छ । बजेटअघि ठूलो संख्यामा विद्युतीय सवारीसाधन (बीवाईडी) जाँचपास भएको घटनापछि कम्पनी र यसका सञ्चालक यमुना श्रेष्ठले उन्मुक्ति पाउने सम्भावना न्यून देखिएको स्रोतहरूले जनाएका छन् । विद्युतीय सवारीसाधन आयातमा बजेटमार्फत कर संरचना परिवर्तन हुनुअघि अस्वाभाविक रूपमा ठूलो परिमाणमा गाडी जाँचपास भएको […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै सांसद तथा पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको निष्पक्ष छानबिनमा पूर्ण सहयोग गरेको बताएका छन्। कार्यक्रममा बोल्दै उनले सार्वजनिक पदमा रहँदा उठेका सबै प्रश्नहरूको सामना गर्न आफू तयार रहेको उल्लेख गरे। उनले छानबिन समितिमा दिएको बयानका क्रममा कडा प्रश्नहरू सोधिएको बताउँदै आफूले सबै […]
काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्। प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको छ। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका हुन्। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सोमबार […]
काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट चार, मोरङबाट दुई र मकवानपुर, कञ्चनपुर, सिन्धुली, झापा र काठमाडौँबाट एक÷एक जनालाई पक्राउ परेका छन् । प्रहरीले निजहरूका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि […]