एफएनसीसीआई अध्यक्ष गोल्छाले गरे सीतापाइला केन्द्रबाट मतदान

निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले मतदान गरेका छन् । उनले आज भइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गरेका हुन् ।मतदानको लागि गोल्छा परिवारसहित मतदान केन्द्र पुगेका छन् । उनले नागार्जुन नगरपालिकामा रहेको सीतापाइला माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । उनको नाम सो मतदान केन्द्रभित्र पर्ने क्षेत्रमा रहेको छ । आगामी ५ वर्षको लागि संघ र प्रदेशसभा गठन गर्ने र सोही सभाले