काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार दुई सय ५५ जनाको नमुना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा २५ जना कोरोना सङ्क्रमित निकाे भएका छन् । याेसहित नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई सय ६९ जनामा झरेकाे छ । यही अवधिमा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन ।
यसैबीच पछिल्लो २४ घण्टामा ४८ हजार ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जना...