आईजीपी नियुक्ति विवाद : वैशाख २२ को आदेशविपरीत सर्वोच्चको अर्को आदेश

काठमाडौं । सर्वोच्च अदालतले आफ्नै इजलासको आदेशविपरीत आईजीपी विवादमा लामो बाटो समातेको छ । आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा गएको वैशाख २२ गते न्यायाधीश सुष्मलता माथेमाको इजलासले आजका लागि अन्तिम सुनुवाइ तोकेको थियो । पोखरेलले अन्तरिम आदेशमार्फत आईजीपी धीरजप्रताप सिंहलाई काम गर्न रोक लगाउन अन्तरिम आदेश मागेका थिए...