अदालतको डेडलक अब संवैधानिक प्रक्रियाबाट टुंगो लाग्छ- कानूनमन्त्री बडू

कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री दीलेन्द्र बडूले सर्वोच्च अदालतमा देखिएको गतिरोध संवैधानिक प्रक्रियाबाट टुंगो लाग्ने बताएका छन् ।  उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधि सभाबाट पारित हुने दाबी गरेका छन् ।  आइतवार प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि संसद सचिवालयमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री बडूले प्रधानन्यायाधीशको विवाद प्रक्रियामा गएको र त्यहीँबाट निरुपण हुने बताएका हुन् ।  ‘न्यायालयमा जुन अवरोध थियो, संवैधानिक बाटोबाट अवरोध फुक्...