उत्पादन घट्ने सिजनमै ६ अर्बको दूध बिकेन

काठमाडौं। दूधको उत्पादन घट्ने र बजार माग बढ्ने सिजनमै ६ अर्ब रुपैयाँको दूध विक्री हुन सकेको छैन । आर्थिक मन्दीका कारण दूधको खपत घट्न गएकाले उत्पादन घट्ने सिजनमा पनि दूधको माग घटेर विक्री हुन नसकेको हो । दुग्ध विकास संस्थान (डीडीसी), नेपाल डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएशन र अन्य अनौपचारिक क्षेत्रले किसानबाट खरीद गरेको दूध बेच्न नसक्दा किसानले दूधको भुक्तानीसमेत पाउन सकेका छैनन् । नेपालमा दैनिक करीब ७० लाख लिटर दूध उत्पादन हुने गर्छ । त्यसबाट औपचारिक क्षेत्रले सामान्य अवस्थामा दैनिक ९ लाख लिटर दूध खरीद गर्छ । मङ्सिरदेखि वैशाखसम्म दूधको उत्पादन बढ्ने र खपत घट्ने सिजन हो भने जेठदेखि कात्तिकसम्म दूध उत्पादन घट्ने र खपत बढ्ने सिजन हो । तर, यसपालि त्यसो भएन जसले गर्दा बजारमा खपत घट्न गई औपचारीक क्षेत्रका दुग्ध व्यवसायीले हाल ३० प्रतिशतसम्मले दूध खरीद घटाएका छन् ।  यति गर्दा पनि ६ अर्ब रुपैयाँ बराबरको करीब ४ लाख मेट्रिक टन बटर र एसएमपी मौज्दात रहन गएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा. बालक चौधरीले जानकारी दिए । उनका अनुसार बजारमा झोल दूध नै विक्री नहुँदा पहिलेको मौज्दात धूलो दूध पनि विक्री भएको छैन । ‘पछि खरीद गरेको झोल दूधलाई पनि धूलो दूधमै परिणत गर्नुपर्ने अवस्था आयो जसले गर्दा यति ठूलो मात्रामा मौज्दात बढ्न गयो,’ उनले भने ।  काठमाडौं उपत्यकाभित्रको करीब ७५ प्रतिशत बजार माग औपचारिक क्षेत्रका डेरीहरूले धान्ने गर्छन् । तर, अहिले औपचारिक क्षेत्रबाट माग हुने दूधको बजार २५ प्रतिशतसम्मले घटेको बताइएको छ । चार महीनाअघिसम्म विभिन्न डेरी उद्योगले दूधको अभाव भएको भन्दै भारतबाट दूध आयात खोल्न माग गरिरहेको अवस्थामा यति चाँडै आन्तरिक उत्पादनसमेत विक्री हुन नसक्ने अवस्थामा पुग्नु नेपाली डेरी क्षेत्रका लागि चिन्ताको विषय भएको सरोकारवाला बताउँछन् । डीडीसीका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले दूधको विक्री घट्नुमा सबैभन्दा ठूलो कारण आर्थिक मन्दी नै भएको बताए । ‘अहिले बजारमा सबै वस्तुको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । तर, उपभोक्ताको आम्दानी स्थिर छ । यसले गर्दा उपभोक्ताले पहिलेको जस्तो दिल खोलेर उपभोग गर्न सक्ने अवस्था छैन । त्यसैले उपभोक्ताले दूधको उपभोग पनि कटौती गरेकाले दूध विक्री हुन नसकेको हो,’ उनले आर्थिक अभियानसँग भने । दूध किसानको ७० करोड भुक्तानी बाँकी बजारमा दूधको विक्री ह्वात्तै घटेपछि डीडीसी र निजीक्षेत्रका डेरी उद्योगहरूले किसानलाई ४ महीनादेखि ७० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । दु:ख गरेर उत्पादन गरेको दूध विक्रीबाट पाउनुपर्ने रकम नपाएपछि ७० प्रतिशतभन्दा बढी दूध उत्पादक किसान मर्कामा परेको बताइएको छ । दूध उत्पादक किसानले उद्योगीहरूबाट भुक्तानी दिलाई दिन कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसाललाई गुहार्दा समेत सुनुवाइ नभएको गुनासो गरेका छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका महासचिव राम आचार्यले डीडीसीबाट ६० करोड र निजीक्षेत्रका डेरीहरूबाट १० करोड रुपैयाँ गरेर ७० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको बताए । उनका अनुसार ऋण खोजेर गाईभैंसी पालेर उत्पादन गरेको दूधको रकम लामो समयसम्म नपाउँदा दूध उत्पादक किसान पलायन हुने अवस्थामा पुगेका छन् । नेपालमा करीब ६ लाख घरपरिवार किसान दूध उत्पादनमा सलंग्न छन् । निकासी गर्न बजार खोजिँदै दूध विक्री हुन नसकेपछि डेरी उद्योगीहरू बढी भएको दूधलाई अन्तरराष्ट्रिय बजारसम्म निर्यात गरेर भए पनि बेच्ने उद्देश्यले त्यसको तयारीमा जुटेका छन् । नेपाल डेरी एशोसिएशनले दूधको अन्तरराष्ट्रिय बजार खोज्न आफ्ना प्रतिनिधिलाई बंगलादेश पठाएर अध्ययन गर्न लगाएको छ । बंगलादेश नेपालबाट दूध आयात गर्न सकारात्मक देखिएको र नियमित उपलब्ध गराएमा खरीद गर्न तयार भएको एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले बताए । ‘तर, हामीले नियमित रूपमा उपब्ध गराउन सक्ने वा नसक्ने भन्नेमा प्रश्न खडा भएको छ । किनभने नेपाल अहिले पनि ८० प्रतिशत मात्रै दूधमा आत्मनिर्भर भएको अवस्था हो । त्यसैले बाह्रै महीना पठाउन नसकिने हो कि भन्ने कुराले सम्झौतामा हामी अझै जान सकेका छैनौं,’ उनले भने । यद्यपि एशोसिएशनले बंगलादेशभन्दा बाहिरका लागि पनि सम्भावित बजार खोज्दै छ ।

सम्बन्धित सामग्री

बिक्न छाड्यो दूध

चितवन – पछिल्लो समय जिल्लाबाट उत्पादित दूध नियमितरुपमा बिक्री हुन छाडेको छ। जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले यहाँको दूध उठाउने गरेकामा पछिल्लो समय नियमित दूध उठाउँन छाडेसँगै बिक्रीमा कमी आएको हो। जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार कम्पनीहरूले हप्ताको एकपटक मात्रै दूध उठाउने गरेका छन्। उनले भने, […]

लोकल दूध भन्दै तराईका दूध बेच्दै

केही डेरी उद्योग तथा किसानले पोखराको स्थानीय दूध भनेर झुक्याउँदै तराईका दूध बेच्ने गरेको पाइएको छ।...

दूध किन फाट्छ ?

दूध हामी सबैलाई थाहा छ । लामो समय बाहिर खुला हावामा राख्दा वा केही अमिलो पदार्थ मिसाउँदा दूध फाट्ने गर्छ । धेरैलाई दूध किन फाट्छ भन्ने जिज्ञासा पनि हुन सक्छ । दूध फाट्दा त्यसमा उत्पन्न हुने तत्त्वलाई ‘ल्याक्टिक एसिड’ भनिन्छ । दूध राम्ररी उमालेर कुनै भाँडोमा बन्द गरेर राख्ने हो भने लामो समयसम्म नफाट्न सक्छ […]

दूध पिउने सही तरिका

अधिकांश मानिस चिनी मिसाएर दूध पिउने गर्छन्। तर, आयुर्वेदका अनुसार राति चिनी नमिसाइकन दूध पिउने हो भने लाभकारी हुन्छ। बरु सम्भव हुन्छ भने दूधमा गाइको घिउ एक या दुइ चम्चा मिसाउनुहोस्।

‘धुलो दूध र झोल दूध आयातका लागि पहल गरिने’

नेपाल डेरी एसोसिएसनले हाल दूध अभावका कारण भइरहेको समस्या समाधानका लागि धुलो दूध र झोल दूध आयातका लागि तत्काल पहल गर्ने विषयमा छलफल गरेको छ । सर्लाहीको हरिवनमा हिजो र आज भएको एसोसिएसनको केन्द्रीय बिस्तारित बैठकमा ‘फ्रेस मिल्क’मा लगाइएको अन्तःशुल्क हटाउन पहल गर्ने, दूधको मूल्यवृद्धि पश्चात छुर्पिको मूल्य बढ्दा बिक्रीमा भएकाले समस्या समाधानका लागि पहल […]

कमिलाले पनि खुवाउँछन् बच्चालाई ‘दूध’

बच्चा चाहे मानिसका हुन् वा जनावरका, स्वस्थ रहन र बढ्नका लागि दूध निकै आवश्यक मानिन्छ । सुन्दा अचम्म लाग्ला तर कमिलाका बच्चा पनि दूध खाएरै हुर्किन्छन् । र बच्चा मात्रै होइन, कमिलाको पूरा कोलोनीले यो ‘दूध’ को आनन्द लिन्छ ।यो कमिलालाई निकै मनपर्ने पेय पदार्थ पनि हो । खासमा यो पोषक तत्वले भरिएको एक प्रकारको ‘दुध’ हो जुन युवा कमिलाबाट निस्कन्छ । नयाँ बच्चादेखि वयस्कसम्म पूरा कोलोनीले यो दूध पिउँछ । अनुसन्धाताले यो दुधलाई ‘सोसल फ्लुड’ नाम दिएको छ । यो प्रक्रियालाई त

सुत्नुअघि दूध पिउनु स्वास्थ्यका लागि रामवाण

बिहान होस् वा बेलुका जुनसुकै समयमा पनि दूध पिउन सकिन्छ । तर राति सुत्नुभन्दा अगाडि दूध पिउनु स्वास्थ्यको लागि रामवाण हो । रातिको सयममा दूध पिउँदा दूधमा पाइने सबै तत्वहरु शरीरले सजिल्यै ग्रहण गर्न सक्छ । डाक्टरहरु पनि राति दूध पिउनु उत्तम रहेको बताउँछन् । रातिमा दूध पिउँदा के के फाइदा छन् ? मिठो निन्द्राको लागिराति सुत्नुअघि दूध पिउँदा मिठो निन्द्रा आउँछ । जसलाई राति निन्द्रा नलाग्ने समस्या छ ति व्यक्तिहरुले राति सुत्नुअघि एक गिलास दूध पिउनुपर्छ । दूधले मानसिक तनाव कम गर्न मद्दत गर्छ ।

'धेरै दूध आउने आमाको दूध संकलन गरेर मिल्क बैंक बनाउँदैछौं' (भिडिओ)

बच्चालाई आमाको दूधको आवश्यकता हुन्छ। तर कतिपय आमाले दूध खुवाउन सक्दैनन्। आमा बिरामी भएको, दूध नआएको अथवा बच्चा एनआइसियु (नवजात सघन उपचार केन्द्र)मा भएको बेलामा बच्चालाई आमाको दूध चाहिन्छ। त्यस्तो बेलामा बट्टाको दूध प्रयोग गरिन्छ जुन महंगो हुन्छ भने बच्चाको लागि कम स्वस्थकर हुन्छ।

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार भएको भन्दै उनीहरूले शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरू आमाको दूधमा पर्याप्त हुने बताएका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले विश्व […] The post ‘आमाको दूध नै पहिलो खोप’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.