काठमाण्डाै – सत्तारूढ पाँचदलीय गठबन्धनको बैठकले मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभाको चुनाव गर्ने सहमति गरेको छ ।आज बुधवार बालुवाटारमा भएकाे गठबन्धनको बैठकमा मङ्सिर ४ गते चुनाव गर्ने सहमति भएको हो । अब सरकारले औपचारिक रूपमा चुनावको मिति घोषणा गर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।यस्तै गठबन्धनको अर्को बैठक पर्सि बिहान ९ बजेका लागि बोलाएको छ । गठबन्धनलाई निरन्तरता दिने सहमतिसहित सत्तारूढ दलहरूको बैठक शुक्रवार बिहान साढे ९ बजे बस्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविध...