दोहरो नागरिकता लिने पक्राउ

दोहोरो नागरिकता लिने कसूर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले आज  पक्राउ गरेको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ बैरियाही बस्ने बैकु ठाकुरको छोरा ३२ वर्षीय जिबछ ठाकुरलाई इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनअन्तर्गत खोजतलास गर्ने क्रममा ठाकुरलाई उनकै घरबाट फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । जिल्ला अदालतमा उपस्थित गराइएका ठाकुरलाई अदालतले कैद भुक्तानका लागि राजविरा...