ग्लोबल आइएमई बैंकको आन्तरिक पर्यटन प्रवर्द्धन योजना

साउन ९, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा कार्यरत कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिदा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था गरेको छ । कोभिड महामारीको अवस्थाले बिदेशी पर्यटकहरुको आवत जावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको बैंकले जानकारी दिएको छ । कोभिड १९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको र यस्तो परिस्थितिमा थौरै भएपनि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिक तलबी बिदा लिने कर्मचारीहरुले अनिवार्यरुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको बैंकले बताएको हो । हाल बैंकमा ३ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकको आन्तरिक पर्यटन प्रवर्द्धन योजना

काठमाडौं, १० साउन । ग्लोबल आइएमई बैंकले आन्तरिक पर्यटन प्रवर्द्धन योजना संचालनमा ल्याएको छ । यो योजनामा बैंकमा कार्यरत कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिदा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था गरेको छ । बैंकको अनुसार कोभिड महामारीको अवस्थाले बिदेशी पर्यटकहरुको आवत जावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर […]

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैङ्कको योजना

ग्लोबल आइएमई बैङ्कमा कार्यरत कर्मचारीले वार्षिक अनिवार्य बिदा लिँदा कम्तीमा सात दिन आन्तरिक पर्यटकीय स्थलमा भ्रमण गर्ने गरी बिदा लिनुपर्ने व्यवस्था गरेको छ।