नेपाली नेताहरुमा एउटा साझा चरित्र अर्थात हुटिट्याँउ प्रवृत्ति विकसित भइरहेको छ, आफ्नो व्यवहार र अभिव्यक्तिबाट। त्यसलाई उनीहरु खुला तथा निर्लज्जरुपमा जन सामु प्रदर्शन गरिरहेका छन्। हरेक समस्यालाई प्रलयकारी रुपमा प्रस्तुत गर्दै समाधानमा आफूले खेलेको भूमिकाका कारण मात्र राष्ट्र जोगिएको या त्यो प्रलय टलेको उनीहरु ‘चुनावी’ सभा जस्तो लाग्ने भेलाहरुमा या सञ्चार माध्यममा उनीहरुले दाबी गर्न […]