बजेट कार्यान्वयन चुनौतीपूर्ण छ, सरकार गम्भीर बनोस् : सांसद संग्रौला

सत्तारुढ नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले सरकारले ल्याएको बजेट कार्यान्वयनमा चुनौती देखिएको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद संग्रौलाले बजेटले सबै पक्षलाई समेटेको भएपनि कार्यान्वयनमा चुनौती देखा परेको बताएकी हुन् ।‘सारांशमा भन्नुपर्दा सैद्धान्तिक तवरले बजेटले सबै पक्षलाई समेटेको छ । सबै पक्षबाट सकारात्मक कुराहरु आएका छन् तर कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ । सरकार यसमा गम्भीर बन्न आवश्यक छ । यो चुनावी वर्ष पनि हो। आउँदो ६–७ महिना भित