साउदी तेल भण्डारण केन्द्रमा हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण

काठमाडौं– यमनमा सक्रिय इरान समर्थित हुथी विद्रोहीले साउदी अरबको तेल भण्डारण क्षेत्रमा अक्रमण गरेका छन् । साउदी अरबको जिद्दा शहरमा रहेको तेल भण्डारणलाई लक्षित गरी हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेको साउदी अधिकारीले जनाएका छन् । उक्त शहरमा मोटर रेसिङ फर्मूला १ प्रतियोगिता सञ्चालन हुनै लागेका बेला क्षेप्यास्त्र आक्रमण भएको समाचार संस्था एपीले जनाएको छ । […]