नेपालका दिवेश पोखरेललाई अमेरिकन आइडलमा फेरि मौका

काठमाडौं। नेपालका दिवेश पोखरेल (आर्थर गन)ले अमेरिकन आइडलमा फेरि प्रतिस्पर्धा गर्ने भएका छन्। शोको १८ औं संस्करणमा उनी रनरअप भएका थिए। आइडलको १९ औं संस्करणमा उनीसहित गत सिजनका १० जनाले मौका पाएका छन्। अमेरिकन आइडलले एकपटक प्रतिस्पर्धा गर्नेलाई दोस्रो मौका दिइँदैन तर कोरोना महामारीका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेज कार्यक्रमको मौका नपाएको भन्दै यो मौका दिइएको हो।