बीमा संस्थानको ९ महिनाको नाफा ४ करोड ९६ लाख रुपैयाँ

राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थानले आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म यस्तो नाफा कमाएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.१५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थानले ४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तै, समीक्षा अवधिमा संस्थानले खुद बीमा शुल्क आम्दानी समेत ७.४३ प्रतिशतले बढाएर ७ अर्ब २७ करोड रुपैयाँ पुर्‍याएको छ । गत वर्ष यस्तो आम्दानी कम्पनीले ६ करोड ७७ लाख रुपैयाँ सङ्कलन गरेको थियो ।य

सम्बन्धित सामग्री

निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब नाफा कमाए, सरकारी कम्पनीको दोब्बर

३२ साउन, काठमाडौं । नेपालमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष ०७९/८० मा ५ अर्ब ९ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ५९ करोड ५९ लाख रुपैयाँ नाफा कमाएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको नाफा ११ प्रतिशतले बढेको छ । व्यवसाय […]

निर्जीवन बीमा कम्पनीको नाफा ४ प्रतिशतले बढ्यो

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरूको नाफा घटे पनि निर्जीवनको कुल नाफा भने थोरै बढेको छ । उक्त अवधिमा २० मध्ये १९ निर्जीवन बीमा कम्पनीको कुल नाफा ४ प्रतिशतले बढेको हो । जीवन बीमा कम्पनीहरूको नाफा भने उक्त अवधिमा ३० प्रतिशतले घटेको छ । निर्जीवन बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार उनीहरूको नाफा केही बढेको देखिएको हो । भारतीय लगानीको कम्पनी नेशनल इस्योरेन्सले भने चालू आवको कुनै पनि त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । गत साउनदेखि चैतसम्ममा १९ कम्पनीले ३ अर्ब ५८ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको भन्दा १३ करोड १६ लाख रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा ती कम्पनीले ३ अर्ब ४५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । कम्पनीहरूको बीमांकीय मूल्यांकन गरेपछि यो नाफा थप बढ्नेछ । बीमांकीय मूल्यांकन गर्दा बीमा कोषबाट केही रकम नाफानोक्सान खातामा सार्न सकिने व्यवस्था छ । त्यसकारण बीमांकीय मूल्यांकनपछि बीमा कम्पनीहरूको नाफा थप बढ्नेछ । कुल नाफा बढे पनि ७ कम्पनीको नाफा भने घटेको छ । त्यस अवधिमा लुम्बिनी जनरलको ३१, एभरेष्टको २६, एनएलजीको २० र प्रुडेन्सियलको ११ प्रतिशतले नाफा घटेको छ । यसैगरी आईएमई जनरलको ११, प्रिमियरको १२ र नेकोको २ प्रतिशतले नाफा घटेको देखिन्छ । अन्य कम्पनीको नाफा बढेको छ । तर, निर्जीवन बीमा कम्पनीहरू यस अवधिको नाफाबाट सन्तुष्ट छैनन् । धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूको शेयर मूल्य घट्दा निर्जीवन बीमा कम्पनीहरूको नाफा प्रभावित भएको बताइएको छ । शेयरबजारमा लगानी तथा कारोबार गरेर निर्जीवन बीमा कम्पनीहरूले उल्लेख्य आम्दानी गर्दै आएका छन् । तर, पछिल्लो समय शेयर मूल्य ओरालो लाग्न थालेपछि कम्पनीहरूले शेयर कारोबार गर्नै छाडेका छन् । उनीहरूले किनेर राखेको शेयर ‘होल्ड’ भएको छ, त्यसबाट हुने आम्दानी रोकिएको छ । त्यसमाथि बजार ओरालो लाग्दा कम्पनीहरूले किनेको शेयरको मूल्य पनि घट्दै गएको छ, जसले गर्दा त्यसबापत उनीहरूले छुट्टै रकम प्रोभिजनिङ गर्नुपरेको छ । प्रोभिजनिङका कारण कम्पनीहरूको नाफा प्रभावित भएको एनएलजी इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्त बताउँछन् । ‘गएको वर्ष शेयरबजार बढ्दा कम्पनीको नाफामा पनि राम्रो योगदान पुगेको थियो । यसपालि शेयरबजार घट्दो ट्रेन्डमा छ, त्यसकारण हामीले भएको शेयर होल्ड गरेर राखेका छौं,’ उनले भने, ‘शेयरबजारबाट हुने आम्दानी रोकिएको छ । त्यसमाथि किनेको शेयर घाटामा जाँदा त्यसबापत छुट्टै रकम प्रोभिजनिङ गर्नु परेको छ । त्यसले नाफा प्रभावित भयो ।’ तेस्रो त्रैमाससम्ममा नाफा कमाउनेमा शिखर इस्योरेन्स पहिलो नम्बरमा छ । उक्त कम्पनीले यस अवधिमा ३६ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको राष्ट्रिय बीमा कम्पनीले ३४ करोड २६ लाख रुपैयाँ कमाएको छ । नेको इन्स्योरेन्सले ३४ करोड २६ लाख रुपैयाँ नाफा कमाएर आफूलाई तेस्रो स्थानमा उभ्याएको छ ।

निर्जीवन बीमा कम्पनीहरूको कुल नाफा चार सय ६२ करोड

काठमाडौं, भदौ ८। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १८ निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा चार अर्ब ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्, तीमध्ये नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरूले त्यो बराबरको नाफा कमाएका हुन् । बीमा कम्पनीहरूले हालै […]

निर्जीवन बीमा कम्पनीहरूको कुल नाफा रू. ४६२ करोड

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १८ निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा रू. ४ अर्ब ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्, तीमध्ये नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरूले त्यो बराबरको नाफा कमाएका हुन् । बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार गत आवमा बीमा कम्पनीहरूको नाफा औसत्मा ७ दशमलव ३३ प्रतिशतले बढेको छ । अघिल्लो आवको तुलनामा बीमा कम्पनीहरूको नाफा बढे पनि वृद्धिदर भने खुम्चिएको छ । अघिल्लो आवमा कम्पनीहरूको नाफा १२ दशमलव ४१ प्रतिशतले बढेको थियो । तर, यसपटक भने नाफा वृद्धिदर खुम्चिएर ७ दशमलव ३३ प्रतिशतमा सीमित भएको छ । भारतीय स्वामित्वको नेशनल इन्स्योरेन्स र दि ओरियन्टल इन्स्योरेन्स भने नेप्सेमा सूचीकृत भएका छैनन् । साथै, उनीहरूले वित्तीय विवरण पनि सार्वजनिक गरेका छैनन् । कोरोना महामारीका कारण बीमा व्यवसाय प्रभावित हुँदा नाफा वृद्धिदर खुम्चिएको कम्पनीहरूको भनाइ छ । कोरोना महामारीका बीच नाफा बढ्नुलाई नै सकारात्मक रूपमा लिनुपर्ने उनीहरू बताउँछन् । गत आवमा व्यवसाय सञ्चालनबाट त्यति नाफा कमाउन नसकिएको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्तले बताए । शेयर कारोबारबाट नाफा बढ्न सहयोग पुगेको उनको भनाइ छ । ‘गत आवमा सञ्चालन नाफामा त्यति वृद्धि छैन । कम्पनीहरूले शेयर कारोबारबाट आम्दानी गर्दा कुल नाफामा वृद्धि देखिएको हो,’ उनले भने । बीमांकीय मूल्यांकनपछि भने कम्पनीहरूको नाफा थप बढ्ने बताइएको छ । यसपालि नाफा कमाउने मामलामा नेको इस्योरेन्स अग्र स्थानमा आएको छ । उक्त कम्पनीले रू. ५४ करोड ६ लाख खुद नाफा कमाएर आफूलाई पहिलो स्थानमा ल्याएको छ । नाफा कमाउने मामलामा अघिल्लो आवमा राष्ट्रिय बीमा कम्पनी पहिलो नम्बरमा रहेको थियो । यस्तै, नाफा कमाउने मामिलामा शिखर इन्स्योरेन्स दोस्रो नम्बरमा आएको छ । उक्त कम्पनीले रू. ४७ करोड ५७ लाख नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको सगरमाथाले भने रू. ४५ करोड १५ लाख नाफा कमाएको छ ।

युनाइटेड इन्स्योरेन्सको नाफामा उल्लेख्य बृद्धि,  ३३०.३८५% ले बढ्यो नाफा

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले नाफामा बृद्धि गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७ र ७८ मा ७ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीले अघिल्लो आवमा १ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको २७औं वार्षिक साधारण सभाले सो विवरण सार्वजनिक गरेको हो ।कम्पनीले आव २०७७ र ७८ मा १ अर्ब ५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्ष ६९ करोड ८९ लाख रहेको थियो । कुल १ अर्ब २ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ६ लाख रुपैय

निर्जीवन बीमा कम्पनीमा कसले कति कमाए नाफा, प्रतिसेयर आम्दानी कति?

सार्वजनिक वित्तीय विवरणअनुसार शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

९ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीको नाफा

काठमाडौं । चालू आथिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा औसतमा करीब ९ प्रतिशतले बढेको छ । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये १९ कम्पनीको औसत नाफा ८ दशमलव ९१ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा उक्त कम्पनीहरूले रू. ३ अर्ब ४५ करोड १९ लाख खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने उनीहरूको खुद नाफा रू. १ अर्ब १६ करोड ९५ लाख थियो । बीमांकीय मूल्यांकनपछि भने कम्पनीहरूको नाफा थप बढ्नेछ । बीमांकीय मूल्यांकनको क्रममा बीमांकीले असमाप्त जोखिम बापतको व्यवस्था र बीमा कोषको केही रकम नाफा नोक्सान खातामा सार्न सक्छन्, जसले गर्दा कम्पनीहरूको नाफा बढ्नेछ । कोरोना कहरका बीच पनि समीक्षा अवधिमा सन्तोषजनक नाफा आर्जन भएको बीमा कम्पनीहरूको भनाइ छ । कोरोना कहर र विगतमा लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण चालू आवको पहिलो त्रैमाससम्म निर्जीवन बीमा व्यवसाय नराम्ररी प्रभावित भएको थियो । तर, तेस्रो त्रैमाससम्म आउँदा यस्तो बीमाको व्यवसायमा सुधार आउँदा नाफा पनि बढेको कम्पनीहरूको भनाइ छ । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्तले लगानीको प्रतिफल बढ्दा नाफा बढेको बताए । ‘कम्पनीहरूले मुद्दती निक्षेप, डिबेन्चर, शेयर, म्युचुअल फण्डमा गरेको लगानीबाट राम्रो प्रतिफल आउँदा नाफामा पनि बढेको हो,’ उनले भने, ‘कोरोना कहरका कारण बैंकहरूले ब्याजदर घटाए पनि संस्थागत मुद्दती निक्षेपमा त्यति असर देखिएन । फलस्वरूप हामीलाई नयाँ मुद्दती निक्षेपबाट राम्रै प्रतिफल आयो ।’ यद्यपि, चौथो त्रैमासको व्यवसाय भने कोरोनाको दोस्रो लहरका कारण प्रभावित हुन सक्ने उनको आशंका छ । ‘गत आर्थिक वर्षमा पनि यही समयमै बन्दाबन्दी तथा निषेधाज्ञा हुँदा बीमा व्यवसाय प्रभावित भएको छ । अहिले पनि बीमा व्यवसाय प्रभावित हुने देखिएको,’ उनले भने,  ‘तर, त्यो अहिले नै आकलन गर्न सकिँदैन ।’ निर्जीवन बीमा कम्पनीहरूमध्ये नेशनल इन्स्योरेन्सले भने तेस्रो त्रैमासको मात्र नभएर लामो समयदेखि नै वित्तिय विवरण सार्वजनिक गरेको छैन । समीक्षा अवधिमा शिखर इन्स्योरेन्सको नाफा सबैभन्दा बढी छ । सो अवधिमा कम्पनीले रू. ३६ करोड ३३ लाख खुद नाफा कमाएको हो । यस्तै, दोस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले ३५ करोड ९ लाख र तेस्रो स्थानमा रहेको प्रिमियर इन्स्योरेन्सले २८ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनी, दी ओरियण्टल इन्स्योरेन्स र हिमालय जनरल इस्योरेन्सको नाफा भने घटेको छ । सो अवधिमा राष्ट्रिय बीमा कम्पनीको ४९ दशमलव ४७ प्रतिशत, दी ओरियण्टलको ३२ दशमलव ५७ र हिमालय जनरलको १९ दशमलव १३ प्रतिशतले नाफा घटेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा ५३ करोड ४३ लाख नाफा कमाएको राष्ट्रिय बीमा कम्पनीको नाफा चालू आवको सोही अवधिमा २७ करोड रुपैयाँ रहेको छ । यस्तै, गत आवमा ३७ करोड २५ लाख नाफा कमाएको दी ओरियण्टलले अहिले २५ करोड १२ लाख र ११ करोड २५ लाख नाफा कमाएको हिमालय जनरलले अहिले ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

प्राइम लाइफ इन्स्योरेन्सको महाविपत्ती कोषमा १४ करोड ७९ लाख संञ्चित

काठमाडौं, २२ बैशाख । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले त्रैमाससम्ममा ३ अर्ब ७ करोड ६६ लाख रुपैयाँ खुद नाफा बीमा शुल्क कमाएको विवरणमा उल्लेख गरिएको छ । गत वर्ष सोही अवधिमा २ अर्ब २३ करोड ७५ लाख रुपैयाँ बीमा शुल्क कमाएको कम्पनीले यो वर्ष ३७ […]