१३ साउन, काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्जमा कम्पनीले दिएको ३ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेपाल हाइड्रो डेभलपर्स कम्पनीले लगानीकर्ताहरुलाई १५ प्रतिशत बोनस सेयर दिएको थियो ।