प्रधानमन्त्री देउवाद्वारा सहिद स्तम्भमा माल्यार्पण

न्युज अफ नेपाल, काठमाडौं । सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौंको लैनचौरस्थित सहिद स्मारकमा ज्ञात अज्ञात सहिदहरुको सम्झना गरिएको छ । स्मारकमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले सहिद स्तम्भमा पुष्पहार अर्पण गर्नुभएको थियो । त्यसबेला नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो । सहिद स्तम्भमा गृहमन्त्री बालकृष्ण खाँड, सहिद सप्ताह मुल समारोह समितिका संयोजक एवं महानगरका मेयर […]