बैतडी : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ महाधिवेशनअन्तर्गत बैतडीका तीनवटा वडामा मात्रै वडातहको अधिवेशन सम्पन्न भएको छ। जिल्लामा ८४ वडा रहेकोमा बैतडीमा सोमबारदेखि अधिवेशन सुरु भएको हो। अहिलेसम्म जिल्लाका तीन वडामा मात्रै अधिवेशन सम्पन्न भएको जनाइएको छ।एमाले बैतडी सचिव लीलाधर भट्टका अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिकाको वडा नम्बर २, ३ र ४ मा अधिवेशन सम्पन्न भएको हो। २ नम्बरमा उमापति भट्ट, ३ नम्बरमा करनराम भुल र ४ नम्बरमा तर्कराज भट्ट वडाध्यक्षमा चयन भएका छन्।सचिव भट्टले भने, ‘अ