साढे २१ अर्ब खर्च हुँदा थपिए १ लाख निजी आवास

काठमाडौं (अस) । भूकम्पपछिको निजी आवास पुनर्निर्माणका क्रममा १ लाख ७ हजार ३५२ घर थपिएका छन् । गत आर्थिक वर्ष २०७७÷७८ मा निजी आवास निर्माणका लागि मात्रै २१ अर्ब ५३ करोड खर्च हुँदा ती संख्याका निजी आवास लाभग्राहीले निर्माण गरेका हुन् । यससँगै हालसम्म ६ लाख १५ हजार ४९३ निजी आवास बनेको मंगलवार आयोजना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वार्षिक समीक्षा गोष्ठी जानकारी दिइएको हो । गत आर्थिक वर्षमा ३१ हजार ३५९ लाभग्राही पहिचान भएका छन् भने ४१ हजार ७३८ हजारले अनुदान सम्झौता गरेका छन् । कोभिड महामारीलगायत समस्याकै बीच गत आर्थिक वर्षमा पुनर्निर्माणमा उल्लेख्य वित्तीय प्रगति भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । उनका अनुसार निजी आवासतर्फ विनियोजित कुल बजेट २३ अर्ब ८४ करोडमध्ये २१ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको छ । यद्यपि समग्रमा पुनर्निर्माण कार्यका लागि भने गत आवमा ७० अर्ब ३५ करोड ८७ लाख बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये ७५ दशमलव ३० प्रतिशत अर्थात् ५२ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्षमा सार्वजनिक तथा ऐतिहासिक संरचनाको पुनर्निर्माणमा पनि उल्लेख्य प्रगति भएको छ । ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सम्पन्न भई कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको थियो भने सिंहदरबारको पश्चिमबाहेकका मोहडाहरू र धरहरा स्तम्भको पुनर्निर्माण पनि सम्पन्न भएको छ । गत आवमै काठमाडौं जमलस्थित ऐतिहासिक दरबार हाईस्कुलको पुनर्निर्माण सम्पन्न भएर अध्ययन–अध्यापन शुरू भएको छ । प्राधिकरणले यो अवधिमा ४६ हजार ३०० गुनासोकर्ताले प्राधिकरणको पुनरावेदन समितिसमक्ष लाभग्राही कायम गरिदिन निवेदन दिएको जानकारी दिएको छ । प्राधिकरणका अनुसार गत आवमा ४७ हजार ३८४ ले प्रथम किस्ता लिएका छन् भने ६९ हजार १० जनाले दोस्रो र ९२ हजार ५७८ ले तेस्रो किस्ता लिएका छन् । उक्त आर्थिक वर्षमा थप ५८९ ओटा विद्यालय, ५३ ओटा स्वास्थ्य संस्था, १३३ ओटा सांस्कृतिक सम्पदा र ९ ओटा सरकारी भवनको पुनर्निर्माण भएको गोष्ठीमा जानकारी दिइएको छ । यसै अवधिमा पुनर्निर्माण भइरहेका सुरक्षा निकायका ९ ओटा भवनको पनि पुनर्निर्माण सम्पन्न भएको छ । योसँगै प्राधिकरणबाट पुनर्निर्माण हुने निश्चित भएका सुरक्षा निकायका २१६ ओटै भवनको पुनर्निर्माण सकिएको छ । गोष्ठीमा ज्ञवालीले प्राधिकरणको बाँकी अवधिमा निजी आवास पुनर्निर्माण गर्न इच्छुक लाभग्राहीलाई सहजीकरण गर्दै निजी आवासका मूलभूत कार्य सम्पन्न गर्ने बताए ।  

सम्बन्धित सामग्री

निजी आवास पुनर्निर्माण र प्रबलीकरणको म्याद असार मसान्तसम्म थप

भूकम्पले भत्काएका निजी आवास पुनर्निर्माण र प्रबलीकरणका लागि समय थपिएको छ । भवन निर्माण विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार आगामी असार मसान्तसम्मका लागि समय थप गरिएको हो । इकाइका अनुसार काठमाडौंमा रहेका...

निजी आवास पुनर्निर्माणको किस्ता नपाउँदा मारमा पहिरोपीडित

मनसुनजन्य विपत् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान वितरणमा प्रक्रियागत उल्झनका कारण पहिरोपीडितले सास्ती पाएका छन् ।  पालिकास्तरमा बनेका घरको समयमै मूल्यांकन नहुँदा पहिरोपीडितले घर निर्माणबापतको अनुदान रकम पाएका छैनन् । जिल्ला प्रशासन...

६ वर्षमा पनि निर्माण सम्पन्न भएन्न निजी आवास

तोकिएको समयमा निजी आवास पूरा नभई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समय सकिएको छ । पाँच वर्षभित्र निजी आवासको निमांण सक्ने लक्ष्य १० पुस २०७२ मा गठन गरेको प्राधिकरणले गरेको भए पनि थप १ वर्ष बित्दा पनि निर्माण सम्पन्न नभई प्राधिकरणको समय सकिएको हो । अनुदान सम्झौता गरेका लाभग्राही ८ लाख २९ हजार ६ सय ६७ घरमध्ये […]

निजी आवास बनाउन किस्ता पाइने म्याद चैतसम्म

सरकारले समयमा भूकम्प प्रभावितहरूलाई निजी आवास निर्माणका लागि किस्ता उपलब्ध गराउन नसकेपछि म्याद थप्ने तयारी गरेको छ । निजी आवास निर्माणका लागि मंसिर मसान्तसम्म बाँकी किस्ता उपलब्ध गराइसक्ने यसअघि नै...

लमजुङका निजी आवास पुनर्निर्माणमा साढे तीन अर्ब खर्च

लमजुङमा भूकम्प गएको ६ वर्षमा १० हजार चार सय ४४ घर पुनर्निर्माण भएका छन् । विनाशकारी भूकम्पपछि निजी आवास पुनर्निर्माणमा साढे तीन अर्ब रुपैयाँ खर्च भएको छ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन...

लमजुङमा निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सम्पन्न

आठ स्थानीय तह रहेको लमजुङमा निजी आवास पुनःनिर्माणको काम करिब ७१ प्रतिशत सम्पन्न भएको छ ।  नेपालमा भूकम्प गएको छ वर्षपछि दश हजार ३९४ निजी आवास पुनःनिर्माण सम्पन्न भएको हो । यो कूल लाभग्राहीमध्ये ७० दशमलव ९३ प्रतिशत रहेको छ । जिल्लामा १४ हजार ६५२ निजी आवास पुनःनिर्माण गर्ने लाभग्राही रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार¬) लमजुङले जनाएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त १४ हजार ६५२ मध

मनसुनजन्य विपत्तिले भत्किएका निजी आवास निर्माण द्रुत गतिमा

सरकारले बाढीपहिरो जस्ता मनसुनजन्य विपत्तिका कारण भत्किएका निजी आवास निर्माणको गति दु्रत गतिमा अगाडि बढाउने भएको छ । बाढी पहिरो तथा डुबानका कारण भत्किएका निजी आवास समयमा नै नबन्दा सर्वसाधारणलाई सास्ती बढ्नुका साथै बर्सेनि निर्माणको दायित्व बढ्दै जाँदा समयमा नै काम सम्पन्न सरकारलाई चुनौती थपिँदै गएपछि अब मनसुनजन्य विपत्तिका कारण भत्किएका निजी आवास फास्ट ट्रयाकमा […]

निजी आवास पुनर्निर्माणमा ९९.८९ प्रतिशत लाभग्राहीले लिए पहिलो किस्ता

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ को अन्तिम दिन (आज)सम्म निजी आवास पुनर्निर्माणमा ९९.८९ प्रतिशत लाभग्राहीले पहिलो किस्ता लिएको बताएको छ। आवेदन दिएका ८ लाख २९ हजार ६१२ जनामध्ये ८ लाख २८ हजार ७५२ जनाले पहिलो, ७ लाख ४१ हजार ९९५ जनाले दोस्रो र ६ लाख ८९ हजार ५४७ जनाले तेस्रो किस्ता लिएका छन्।

बाग्लुङमा ६८ र लमजुङमा ६० प्रतिशत निजी आवास पुनर्निर्माण

बाग्लुङ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत बागलुङका ६८ प्रतिशत निजी आवास पुनर्निर्माण भएका छन् । प्राधिकरणले अझै ५०० घर निर्माण गर्न बाँकी रहेको जनाइएको छ । जिल्ला आयोजनाका निमित्त प्रमुख रेणुका पाण्डेले २४४ घर निर्माणाधीन भएको, ५७  घरले किस्ता नलगेको र २०१ घर लाभग्राहीबाट स्वतः बाहिर परिसकेको जानकारी दिए ।बागलुङ नगरपालिकामा सबैभन्दा थोरै ५९ प्रतिशत लाभग्राहीले घर बनाएका छन् भने अन्यमा क्रमशः बढी घर बनेको बताइएको छ ।  जैमिनी नगरपालिकामा ७८, गलकोटमा ६५ र ढोरपाटन नगरपालिकमा ६१ प्रत