केरूङ नाकामा थन्किएका सामग्री नेपाल भित्र्याउने पहल शुरू

कोभिड–१९ का कारण केरूङमा थन्किएर बसेका सबै माल सामग्री चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै नेपाल भित्र्याउन पहल शुरू भएको छ ।          कोरोनाको असर न्यून हुँदै गएकाले ढुवानी व्यवस्था सहज गर्न रसुवागढीको मितेरी पुलदेखि २३ किमी पर केरूङको भण्डारणमा रहेका सबै सामग्री छिटोभन्दा छिटो नेपाल भित्र्याइ दिन जिल्ला प्रशासन कार्यालय रसुवा आवश्यक पहल शुरु गरेको हो ।          चीनबाट नेपाली व्यवसायीले मगाएका सामग्री छिटोभन्दा छिटो नेपाल भित्र्याउन ल्हासास्थित वाणिज्य दूतावास एवं चिनियाँ भन्सार प्रतिनिधिसँग कुराकानी भइरहेकाले सम्भवतः चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै केरूङमा थन्किएका मौज्दात सामान छिट्टै रसुवागढी पुग्ने अपेक्षा गरिएको चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित सामग्री

लगानी भित्र्याउने पहल लिन गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तारका लागि मुलुकबाहिरबाट पहल लिन गैरआवासीय नेपाली संघलाई आग्रह गरेका छन् । नेपालमा लगानीको सम्भावना र गैरआवासीय नेपाली संघको भूमिकासम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई...

नेपालमा बङ्गलादेशी पर्यटक बढाउने पहल

नेपाल भित्रिने विदेशी पर्यटकको महत्वपूर्ण स्रोतबजारमध्येको बङ्गलादेशबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले होटल सङ्घ नेपाल (हान) को प्रतिनिधिमण्डल बङ्गलादेश प्रस्थान गरेको छ । बङ्गलादेशी पर्यटकहरुको नेपालप्रति बढ्दो आकर्षण रहेको परिप्रेक्ष्यमा त्यहाँका जनतासामु व्यापक प्रचारप्रसारका लागि हानका अध्यक्ष विनायक शाह नेतृत्वमा २४ सदस्यीय होटल व्यवसायीको टोली बङ्गलादेश गएको हो । उक्त कार्यक्रम होटल सङ्घ नेपालले नेपाल …

नेपालमा बङ्गलादेशी पर्यटक बढाउने पहल

काठमाडौँ – नेपाल भित्रिने विदेशी पर्यटकको महत्वपूर्ण स्रोतबजारमध्येको बङ्गलादेशबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले होटल सङ्घ नेपाल (हान) को प्रतिनिधिमण्डल बङ्गलादेश प्रस्थान गरेको छ । बङ्गलादेशी पर्यटकहरुको नेपालप्रति बढ्दो आकर्षण रहेको परिप्रेक्ष्यमा त्यहाँका जनतासामु व्यापक प्रचारप्रसारका लागि हानका अध्यक्ष विनायक शाह नेतृत्वमा २४ सदस्यीय होटल व्यवसायीको टोली बङ्गलादेश गएको हो । उक्त कार्यक्रम होटल सङ्घ […]

पर्यटक भित्र्याउने तयारीमा बन्दीपुरवासी

नेपाल भ्रमण वर्ष २०११ लाई ध्यानमा राखेर  बन्दीपुरमा पर्यटन व्यवसायीहरूले आफ्नै पहल र प्रयासमा तयारी थालेका छन् । सो वर्ष आउन सक्ने सम्भावित पर्यटकहरूको भार थेग्न नसकिने अनुमानका साथ त्यहाँका कतिपय होटल तथा रेष्टुराँको क्षमता वृद्धि गरिएको छ भने नयाँ होटल खुल्ने क्रम पनि बढेको छ । अहिले त्यहाँ ४ नयाँ रेष्टुराँ खुल्ने क्रममा रहेको बताइएको छ । बन्दीपुरस्थित वल्र्ड इनका प्रबन्धक रामशरणले सम्भावित पर्यटकको चापलाई ध्यानमा राखेर  होटलको क्षमता बढाइएको बताए । उनले होटलनजिकैको नयाँ भवन खरीद गरी कोठाहरू थपिएको पनि जानकारी दिए । यसैगरी बन्दीपुरका धेरै रेष्टुराँले पनि आफ्नो क्षमता वृद्धि गरेको बुझिएको छ । अहिले बन्दीपुरमा बाह्य र आन्तरिक गरी दैनिक २ सयको हाराहारीमा पर्यटकहरू आउने गरेका छन् । पहाडकी रानी नामले चिनिने बन्दीपुरलाई सुन्दर हिमशृंखलाहरू र सूर्यास्तको अनुपम दृश्यावलोकन तथा स्थानीय नेवारी कला संस्कृतिसँग रम्ने पर्यटकहरूले रोज्ने गरेका छन् । पर्यटकहरूको यही आकर्षणलाई ध्यानमा राखी अहिले बन्दीपुर वरपर नयाँ गन्तव्यहरूको खोजी भइरहेको र पर्यटकलाई घरघरमा राख्ने (होमस्टे) नयाँ योजना पनि ल्याइएको छ ।    वर्ष ६, अंक ३८, शुक्रवार, ५ कात्तिक, २०६७

विदेशमा बस्ने नेपालीका समस्या समाधान गर्न सरकारले पहल गर्छ : गृहमन्त्री खाँण

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिनुभएको छ ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैह्रआवासीय नेपाली सङ्घका पदाधिकारीसँग हिजाे गृहमन्त्रालयमा भएको छलफलमा मन्त्री खाँणले त्यसतर्फ सरकार गम्भीर रहेको बताउनुभयो ।  उहाँले नागरिकताको समस्या, ‘डलर एकाउन्ट’, विदेशी लगानी गैह्र आवासीय नेपालीमार्फत नेपाल भित्र्याउने, अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डे...

गैरआवासीयलाई नेपालीलाई नागरिकता दिलाउन पहल गर्छु : उपाध्यक्ष डा. केसी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको आर्थिक तथा बौद्धिक लगानी नेपाल भित्र्याउने र गैरआवासीयलाई नेपालीलाई नागरिकता दिने विषय कार्यान्वयनका लागि आफूले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको बताएका छन् ।एनआरएनएको दशौं महाधिवेशनको अवसरमा ‘राष्ट्रको लागि अन्तर्राष्ट्रिय युवा बहस’ कार्यक्रममा बोल्दै केसीले एनआरएनएका मुद्दाहरु कार्यान्वयनमा ल्याउनका लागि पनि नेतृत्वमा आफ्नो विकल्प नभएको दाबी गरे । &ls

सिमेन्टमा लगानी भित्र्याउने कि बजार खोज्ने ?

नेपाल राष्ट्र बैंकले हालै सिमेन्ट उद्योगमा विदेशी लगानी आवश्यक भएको निष्कर्षसहित एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले स्वदेशी सिमेन्ट उत्पादनको क्षेत्रमा स्वाभाविक चासो उत्पन्न भएको छ । के नेपालको सिमेन्ट उत्पादनमा बाह्य लगानी आवश्यक भएकै हो त ? स्वदेशी उत्पादन यहाँको माग धान्न पर्याप्त छैन ? होइन, हामी सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेका छौं । आत्मनिर्भरमात्र होइन, अहिले नै बजारको अभावमा स्थानीय उद्योगले क्षमताभन्दा कम उत्पादन गरिरहेका छन् भने यसैमाथि बाहिरको लगानी थपियो भने अवस्था के होला ? अनुमान त्यति असजिलो छैन । सिमेन्टमा विदेशी लगानीले स्वदेशी लगानीका उद्योगहरूलाई समस्या भएको कुरा नौलो होइन । विदेशी लगानी आवश्यक छ तर कुन क्षेत्रमा चाहिन्छ र कस्ता उद्योगमा स्वदेशी लगानी नै पर्याप्त छ भन्ने कुरामा स्पष्ट हुनु आवश्यक छ । राष्ट्र बैंकले २ वर्षअघि गरेको अध्ययनमा त्यो प्रतिवेदका तथ्यहरू नै अहिलेको अवस्थासँग नमिल्दा छन् । प्रतिवेदनमा सञ्चालनमा रहेका ५५ उद्योगको जडितक्षमता वर्षको १ करोड ५० लाख मेट्रिकटन भनिएको छ । त्यसमध्ये ७४ लाख मेट्रिकटनमात्र उत्पादन हुँदै आएको बताइएको छ । १५ लाख मेट्रिकटन सिमेन्ट आयात भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अबको ५ वर्षपछि अर्थात् सन् २०२५ सम्ममा नेपालमा सिमेन्टको माग २ करोड ५८ लाख मेट्रिकटन हुने अनुमानका आधारमा राष्ट्र बैंकले वैदेशिक लगानी भित्र्याउन सुझाएको छ । यो तथ्यांकको आधार र बुझाइ नै गलत छ । एक त राष्ट्र बैंकले अध्ययनका क्रममा विदेशी लगानीका ३ (जब कि नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका सिमेन्ट उद्योगको संख्या नै त्यत्ति हो ।), स्वदेशी निजी लगानीका २ र सरकारी स्वामित्वका २ ओटा उद्योगलाई मात्र समेटेको छ । यसैका आधारमा स्वदेशीको तुलनामा विदेशी उद्योगका उत्पादन लागत, बेतन भुक्तानीलगायत पक्ष बलियो देखाइएको छ । तर, अहिले नेपालमा ६५ ओटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । नेपाल सिमेन्ट उद्योग संघका अनुसार स्वदेशका सिमेन्ट उद्योगको जडितक्षमता २ करोड २० लाख मेट्रिकटन छ । अहिले स्वदेशमै १ करोड ३० लाख मेट्रिकटन क्लिंकर उत्पादन भइरहेको छ । सिमेन्ट उद्योगमा लगानी २ खर्बभन्दा बढी पुगिसकेको छ । कति उद्योगले क्षमता विस्तार गरिरहेका छन् । यस अधारमा अबको ५ वर्षभित्र सिमेन्टको जुन माग प्रक्षेपण गरिएको छ, त्यसको आपूर्तिमा निम्ति स्वदेशी उद्योग आफैमा सक्षम छन् । स्वदेशकै उद्योगले बजार नपाएर कतिपय उद्योग अस्वस्थ्य प्रतिस्पर्धामा उत्रिएको अवस्थामा बाहिरको लगानी भित्र्याउने कुरा भएकै लगानी धरापमा पार्ने काममात्रै हुनेछ । सिमेन्टमा विदेशी लगानीले स्वदेशी लगानीका उद्योगहरूलाई समस्या भएको कुरा नौलो होइन । विदेशी लगानी आवश्यक छ । तर, कुन क्षेत्रमा चाहिन्छ र कस्ता उद्योगमा स्वदेशी लगानी नै पर्याप्त छ भन्ने कुरामा स्पष्ट हुनु आवश्यक छ । बाहिरको लगानी भित्र्याउने लहडमा स्वदेशी लगानीकर्तालाई डुबाउने काम कदापि उचित हुँदैन । राष्ट्र बैंकको अध्ययनले पनि जडितक्षमताको तुलनामा आधामात्रै उत्पादन भएको देखाएको छ, किन ? स्वदेशमा अहिले मागको तुलनामा उत्पादन क्षमता बढी भएकै कारण उद्योगहरू घाटामा चलिरहेको अवस्था छ । उत्पादनको विक्री नै नभएपछि उद्योगले पूरा क्षमता उपयोग गर्न पाएका छैनन् । कुनै पनि बाहिरको लगानीकर्ता सम्भाव्यता अध्ययन गरेरमात्रै आउँछ । अर्थात्, अहिले सञ्चालनमा रहेका उद्योगहरू नै घाटामा चलिरहेको अवस्थामा बाहिरको लगानीकर्ता आउने सम्भावना रहँदैन । स्वदेशी सिमेन्टको बजार बढाउन विकास निर्माणका कामलाई गति दिनुपर्छ । सरकारले पूँजीगत खर्च क्षमतामा सुधार नगरी सिमेन्टलगायत निर्माण सामग्रीको बजार बढ्न सक्दैन । विकास निर्माणका कामले गति लिने अपेक्षामा केही वर्षयता यस्ता उद्योगमा लगानी बढेको थियो । विकास निर्माणका कामले अपेक्षा गरेअनुसार गति समातेका छैनन् । सरकारले बरु यतातिर ध्यान दिनु जरुरी छ । सरकारले २ वर्षअघि सिमेन्टलाई निकासीयोग्य वस्तुको सूचीमा राखेर निकासीमा प्रोत्साहन दिने भनेको थियो । राष्ट्रपतिले सार्वजनिक गर्नुभएको त्यो नीति तथा कार्यक्रममा राखिएको यो योजना कार्यान्वयनका लागि कुनै नीतिगत पहल प्रयास भएको देखिएको छैन, न स्वदेशी बजारमा सिमेन्ट खपत बढाउने कुनै नीतिगत योजना नै छ । नेपालबाट सिमेन्ट निकासीको मुख्य बजार भारत नै हो । सिमेन्ट निकासीका वातावरण बनाउने सन्दर्भमा कुनै प्रगति भएको जानकारी अहिलेसम्म छैन । भारतमा निकासी गर्दा लाग्ने विभिन्न प्रकारका कर महसुल हटाउन सरकारले पहल गर्नुपर्छ, त्यो हुन सकेको छैन । स्वदेशमा उत्पादित सिमेन्टको मूल्य कम भएमात्र निर्यात हुन सक्छ । यसका लागि उत्पादन लागत न्यूनीकरणमा काम गर्नुपर्छ । खानीको प्राप्तिका प्रक्रियादेखि, ऊर्जा, बाटोघाटो, ढुवानी, भन्सार मूल्यांकन र महसुललगायत पक्षलाई व्यावहारिक नबनाई सिमेन्टको लागत कम गर्न सकिँदैन । सरकारले उत्पादनको लागत घटाउनेतिर ध्यान दिनुपर्छ । निर्यातमा अनुदानको व्यवस्था मिलाउनुपर्छ । अहिले पनि वर्षको १५ लाख मेट्रिकटन सिमेन्ट भारतबाट आयात भइरहेको तथ्यांक त राष्ट्र बैंकले नै औंल्याइसकेको छ । भारतीय गुणस्तर मापदण्डअनुसारको प्रमाण यहाँका उद्योगलाई दिने सम्बन्धमा सरकारले पहल गर्ने हो भने यो आयात रोक्न सकिन्छ । अतः सरकारले सिमेन्टमा स्वदेशकै उद्योग आत्मनिर्भर भइसकेको र मागको तुलनामा उत्पादन क्षमता नै दोब्बर पुगिसकेको अवस्थामा बाहिरको लगानी भित्र्याउन होइन, बजारको खोजी गरेर निर्यात बढाउनेमा ध्यान केन्द्रित गर्नुपर्छ । त्यसअनुसारका नीतिगत व्यवस्था र तिनको सफल कार्यान्वयन हुनुपर्छ । सिमेन्ट उत्पादक संघ बारा–पर्साका अध्यक्ष वैदसँग आर्थिक अभियानका ओमप्रकाश खनालले गरेको कुराकानीमा आधारित ।

केरूङमा थन्किएका सामग्री नेपाल भित्र्याउने पहल शुरू

कोभिड–१९ का कारण केरूङमा थन्किएर बसेका सबै माल सामग्री चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै नेपाल भित्र्याउन पहल शुरू भएको छ ।कोरोनाको असर न्यून हुँदै गएकाले ढुवानी व्यवस्था सहज गर्न रसुवागढीको मितेरी पुलदेखि २३ किमी पर केरूङको भण्डारणमा रहेका सबै सामग्री छिटोभन्दा छिटो नेपाल भित्र्याइ दिन जिल्ला प्रशासन कार्यालय ...

केरूङमा थन्किएका सामग्री नेपाल भित्र्याउने पहल शुरू

रसुवा । कोभिड–१९ का कारण केरूङमा  थन्किएर बसेका सबै माल सामग्री चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै नेपाल भित्र्याउन पहल शुरू भएको छ । कोरोनाको असर न्यून हुँदै गएकाले ढुवानी व्यवस्था सहज गर्न रसुवागढीको मितेरी पुलदेखि २३ किमी पर केरूङको भण्डारणमा रहेका सबै सामग्री छिटोभन्दा छिटो नेपाल भित्र्याइ दिन जिल्ला ...