पत्रकारलाई प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौँ– प्रेस काउन्सिल नेपालले सात वटा अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई ध्यानाकर्षण गराएको छ । काउन्सिलले पत्रकारले सामाजिक सञ्जालमा राखिएको सामग्रीबाट पत्रकार आचारसंहिता–२०७३, (पहिलो संशोधन, २०७६) को दफा १४ र निर्वाचनआचारसंहिता २०७८ को दफा ४(थ) र दफा २२ को (च) प्रतिकूल भएको भन्दै ध्यानाकर्षण गराएको हो । निर्वाचन आचारसंहिता, २०७८ को दफा २२ को खण्ड (च) […]

सम्बन्धित सामग्री

पत्रकारलाई पक्राउ गरी कारबाही गर्न पत्राचार नगरिएको काउन्सिलको प्रष्टोक्ति

काठमाडौं । प्रेस काउन्सिल नेपालले कुनै पनि पत्रकारलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई पत्राचार नगरिएको स्पष्ट पारेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पत्रकार, सञ्चारकर्मी तथा सञ्चार माध्यमका सञ्चालकलाई पक्राउ गरी कारबाही गर्ने सम्बन्धमा नेपाल प्रहरीलाई पत्राचार नभएको भन्दै सम्बन्धित सबैको ध्यानाकर्षण गराएको हो । ‘त्यस किसिमको भ्रममा नपर्न सम्पूर्ण सञ्चार माध्यम, आम […]

‘आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’प्रति ध्यानाकर्षण

काठमाडौं (अस) । गण्डकी प्रदेश सरकारले प्रदेश सभामा पेश गरी छलफल चलाएको ‘आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’प्रति आफ्नो ध्यानाकर्षण भएको प्रेस काउन्सिल नेपालले बताएको छ । नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई विधेयकका कतिपय प्रावधानले अंकुश लगाउन खोजेको भन्दै काउन्सिलले आपत्ति व्यक्त गरेको छ । ‘जसका विरुद्ध समाचार लेख्यो, उसैले पत्रकारलाई कारबाही गर्न सक्ने, सूचनाको हक खोस्नेजस्ता विवादास्पद प्रावधानहरू विधेयकमा राखिएका छन्, छापाखाना तथा प्रकासनसम्बन्धी ऐनमा भएका व्यवस्थाविपरीत दर्तामा कडा प्रावधान, आचारसंहिता उल्लंघन कारबाहीका नाममा कैद र जरीवाना तोक्ने, मुद्दाको शुरू कारबाही र किनारासम्मका विवादास्पद प्रावधान छन्,’ काउन्सिलद्वारा बिहीवार जारी विज्ञप्तिमा भनिएको छ । स्वतन्त्र पत्रकारिताको मूल मर्ममाथि प्रहार हुनेगरी विधिशास्त्रीय मूल्य, मान्यता र सिद्धान्त विपरीत उक्त विधेयक ल्याइएको निष्कर्ष काउन्सिलको हालै बसेको बैठकले निकालेको बताइएको छ । विधेयकका कतिपय प्रावधानले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा समेत हस्तक्षेप गरेको ठहर गरिएको छ । संविधान र कानूनविपरीत यसरी ल्याइएका अन्य विधेयकका विषयमा संस्थाले यसअघि नै आफ्ना सुझाव र धारणा सार्वजनिक गरिसकेको भन्दै काउन्सिलको भनाइ छ ।

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले कोरोना सङ्क्रमणको समस्यालाई देखाएर पत्रकारको सेवा सुविधा कटौती गर्ने र सेवाबाट निष्कासन गर्ने कार्यलाई तत्काल रोक्न सम्बन्धित मिडियालाई आग्रह गरेको छ ।   काउन्सिल अन्तर्गत श्रमजीवी पत्रकार हित तथा कानून उपसमितिको आज बसेको बैठकले नेपाल रिपब्लिका मिडिया प्रालिद्वारा सञ्चालित नागरिक दैनिकमा कार्यरत ३६ भन्दा बढी श्रमजीवी पत्रकारको सेवा सुविधा उपलब्ध नगराएको, सेवाबाट निष्कासन गर्न खोजेको जस्ता कार्यप्रति सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । श्रमजीवी पत