म्याग्दीका किसानलाई धान भित्र्याउन भ्याई-नभ्याई

म्याग्दी । म्याग्दीको ग्रामीण भेगका किसानहरुलाई वर्षे बाली धान भित्र्याउन भ्याई-नभ्याई भएको छ । यति बेला ग्रामीण क्षेत्रमा लगाइएको वर्षे बाली अन्तर्गतको विभिन्न खाद्यान्न बालीहरु थन्क्याउने काम सुरु भएको हो ।जिल्लाको माथिल्लो क्षेत्रमा वर्षे सिजनमा लगाइएको धान, कोदो, मकै र भटमास लगायतका नगदे बाली भित्र्याउन भ्याई-नभ्याई भएको किसानहरुले बताएका छन् । एक नगरपालिकासहित ५ वटा […]

सम्बन्धित सामग्री

स्याङ्जामा उम्मेदवार भाेट माग्न व्यस्त, किसानलाई धान भित्र्याउन भ्याई-नभ्याई

स्याङ्जा । स्याङ्जामा चुनावी माहोल तातिरहेका बेला किसानलाई भने चुनाव भन्दा पनि धान भित्र्याउन भ्याई-नभ्याई भएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनावकाे मिति नजिकिएकाे छ । तर स्याङ्जाका किसान भने धान भित्र्याउनमा नै व्यस्त भएका छन् । उम्मेदवारहरु मत माग्न जनताको खेतबारीमा नै पुगेर जनतासँग मत मागिरहेका छन् । यहाँका […]

भक्तपुरका कृषकलाई धान भित्र्याउन भ्याई-नभ्याई

काठमाडाैं । भक्तपुरका कृषकहरुलाई यति बेला धान भित्र्याउन भ्याई-नभ्याई भएकाे छ । भक्तपुर भेलुखेलका कृषकहरु तिहार अघि नै भकारी भर्ने हतारोमा रहेका हुन् । लक्ष्मी पूजामा नयाँ धान चढाउनका लागि पनि भक्तपुरका कृषकहरुलाई धान भित्र्याउने चटारो भएको हो । भेलुखेल टोलका करिब ५० घर परिवारले एकै ठाउँमा बिस्कुन सुकाउने गरेका छन् । खेतका गह्रालाई आलीले […]

कतै धान रोप्न कतै धान भित्र्याउन चटारो

कैलाली र कञ्चनपुरका किसानलाई रोपाईको चटारो संगै चैते धान भित्र्याउन भ्याई नभ्याई भएकोछ । मनसुन लाग्ने समय भएकाले चैते धान भित्र्याउन किसनालाई चटारो परेको हो । कैलाली जिल्लाको सबैभन्दा बढी चैते धान लगाउने भजनी नगरपालिकाका किसान यती खेर पाकेको धान काट्ने मुठा बाँध्ने र थे्रसीङ गर्नमा ब्यस्त छन् । भजनी नगरपालिका १ का हेमेन्द्र भारद्वाजले यो बर्ष ३ विगाह खेतमा लगाएको चैतेधान भित्र्याउने चटारोमा रहेको बताउनुभयो । बर्खामा डुबान हुने वडा नम्बर ३ मा रहेको खेतमा हिउँदे बर्खाले गहुँखेती नोक्सान भएपछि चैते धान लगानु भएका हेमेन्द्रलाई अहिले धान भित्र्याउन भ्याई नभ्याइ भएको छ । खेतमै रहेका हेमेन्द्रले भन्नुभयो ‘ मनसुन शुरु भैसकेको छ पानी पर्ने ठेगान हुदैन पाकेको धान भित्र्याउन सबै विहान देखि साँझ सम्म खेतमै हुन्छौ , चैते धान लगाएका सबै धमाधम धान काट्ने र भित्र्याउने कार्यमा लागेका छौ ।’