सरकारले लक्ष्य हासिल हुने गरी बजेट व्यवस्था गर्न सकेन : सभापति पन्थ

काठमाडौँ : संघीय संसद राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले नेपालमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि सरकारले बजेटको व्यवस्था गर्न नसकेको बताएका छन्।सभापति पन्थले प्रदेश र स्थानीय तहमा त बजेट जथाभावी खर्च गर्ने परिपाटी नै बसेको जिकिर गरे। शनिवार काठमाडौँमा आयोजित दिगो विकास लक्ष्यसम्बन्धी एक कार्यक्रममा बोल्दै उनले दिगो विकास लक्ष्य हासिल हुने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारलाई सचेत गराए।दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपालमा सन्तुलित बजेट नहुनुका सा