दिगो आर्थिक विकासका लागि नबिल बैंकसँग सहकार्य

काठमाडौँ – उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पाबीच सम्झौता भएको छ। पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, रिव्दीकोट […]

सम्बन्धित सामग्री

नबिल बैंक र परोपकारी अभियानबीच सम्झौता

काठमाडौं (अस) । उद्यमशीलता प्रवर्द्धन गर्ने सम्बन्धमा नबिल बैंक र सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पीआईएससी)बीच सम्झौता भएको छ । युवा उद्यमशीलता प्रवर्द्धनका लागि यी दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा नबिल बैंकका नायब महाप्रबन्धक आदर्श बजगाईं र पीआईएससी नेपालका कार्यकारी निर्देशक प्रवीण खनालले हस्ताक्षर गरेका छन् । दुवै संस्थाले गत चैत २५ र २६ गते काठमाडौंमा ‘युवा उद्यमशीलतामार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने’ विषयमा कार्यशाला आयोजना गरेका थिए । युवा उद्यमशीलतामार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्न आयोजित उक्त कार्यशालामा विभिन्न विश्वविद्यालयका विद्यार्थी,  उद्यमी लगायतले आफ्ना विचार प्रस्तुत गरेका थिए । तीमध्ये उत्कृष्ट विचार पीआईएससी नेपालद्वारा प्रकाशित पुस्तिकामा प्रकाशित गरिने आयोजकले बताएको छ । उक्त कार्यशालाबाट अब्बल छानिएका अवधारणा तथा कार्यपत्रहरूलाई बैंकले बैंकको नीतिको अधीनमा रही विभिन्न बैंकिङ सेवा प्रदान गर्ने भएको छ । कार्यशालामा बैंकका नायव महाप्रबन्धक बजगाईंले युवा उद्यमशीलतामार्फत आर्थिक वृद्धि तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्ने बताए । युवा उद्यमशीलता प्रवर्द्धनका लागि आयोजित कार्यशालालाई सहयोग गर्न पाउनु उत्साहको विषय भएको उनको भनाइ थियो । आयोजक संस्थाका कार्यकारी निर्देशक खनालले बजार कहिल्यै नमर्ने भएकाले उद्यमशीलता पनि कहिल्यै नमर्ने धारणा राखे । राष्ट्र निर्माणका लागि युवा उद्यमशीलता महत्त्वपूर्ण रहेको उनले बताए ।

नबिल बैंकको तीनवटा गाउँपालिकासँग सहकार्य सम्झौता

काठमाडौं । नबिल बैंकले उद्यमशीलता तथा दिगो आर्थिक विकासका लागि पाल्पाको तानसेन नगरपालिका, रिब्दिकोट गाउँपालिका र तिनाउ गाउँपालिकाबीच सहकार्य सम्झौता गरेको छ । उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पाबीच सम्झौता भएको...

उद्यमशिलता विकासका लागि नबिल बैंकको त्रिपक्षीय सहकार्य

उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवद्र्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पाबीच सम्झौता भएको छ ।पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष […]

पाल्पाका तीन पालिकासँग नबिल बैंकको सहकार्य

काठमाडौं (अस) । उद्यमशीलता तथा दिगो आर्थिक विकासका लागि पाल्पाका हेफर साझेदार तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका र नबिल बैंकबीच सहकार्य हुने भएको छ । उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरताका साथै वित्तीय पहुँच प्रवद्र्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा बैंकले तीन वटा पालिकासँग सम्झौता गरेको हो । तानसेनमा आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, तानसेन नगरपालिका प्रमुख अशोककुमार शाही, रिब्दीकोट पालिका अध्यक्ष नारायणबहादुर जिसी र तिनाउ पालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त अवसरमा नबिल बैंक अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई सहयोग पुर्‍याउन बैंकले लिएको दिगो बंैकिङको लक्ष्य पछ्याउन गरिएको सम्झौताले स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रुपान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । हेफर इन्टरनेसनल नेपालका कार्यक्रम निर्देशक डा. तीर्थराज रेग्मीले नबिल बैंकसँगको सहकार्यबाट उद्यमशीलता विकासमा टेवा पुग्ने बताउँदै कृषि तथा पशु उद्यमशीलताको मूल्य–शृंखलालाई थप बलियो बनाउन सम्झौताले सहयोग गर्ने बताए । कार्यक्रममा तानसेन नगर प्रमुख शाहीले कृषि, पशुपालनका माध्यमबाट स्वरोजगार सिर्जना तथा नागरिकको आर्थिक विकासमा टेवा पुर्‍याउन सम्झौता फलदायी हुने धारणा व्यक्त गरे । नबिल बैंकले पालिकाहरूको आर्थिक रुपान्तरण अभियानमा सहयोग गर्दै आएकामा उनले धन्यवाद दिए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले तानसेन नगरपालिका, रिब्दीकोट र तिनाउ पालिकाबाट उपस्थित विभिन्न उद्यमीलाई कर्जा स्वीकृति–पत्रसमेत हस्तान्तरण गरे । सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन बैंकले ०७८ असार १५ गते दिगो बैंकिङ कार्यक्रम सुरु गरेको हो ।

नबिल बैंकसहितका तीन संस्थाको महिला उद्यमशीलता विकास सहकार्य

काठमाडौं (अस) । महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले नबिल बैंक, सीएनआई–वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्र नेपालबीच त्रिपक्षीय सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) को मुख्य  कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, वुमन  लिडरसिप फोरमका संयोजक छाया शर्मा र महिला शक्ति विकास केन्द्र नेपालका कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरे । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले महिलाको वास्तविक शक्ति आर्थिक सशक्तीकरण भएकाले सम्झौताले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । कार्यक्रममा भर्चुअल्ली उपस्थित भएका परिसंघ उपाध्यक्ष निर्वाण चौधरीले वुमन लिडरसिप फोरमलाई बैंक र महिला शक्ति विकास केन्द्र नेपालको बीच पुलको काम गरेकामा धन्यवाद दिँदै सम्झौताले महिलाको आर्थिक विकास सँगसँगै देशको दिगो विकासमा टेवा पुग्ने बताए । वुमन लिडरसिप फोरम अर्थतन्त्रमा महिलाको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले परिसंघले गरेको पहल हो । महिला शक्ति विकास केन्द्रले देशैभर महिला सशक्तीकरण र महिला नेतृत्व  विकाससम्बन्धी काम गर्दै आएको छ ।  सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले ०७८ असार १५ गते धान दिवसका दिन दिगो बैंकिङ कार्यक्रम सुरु गरेको हो । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यावसायिकीकरण र उद्यमशीलता विकासका लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाबाट सञ्चालन गर्दै आएको छ ।