ललितपुरमा आगलागीबाट एक वृद्धाको मृत्यु

काठमाडौं । ललितपुरमा आगलागीबाट आज  (विहिबार) एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै रु एक लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । गर्मी बढेसँगै अब आगालागी बढ्ने भएकाले सतर्क हुन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखयता मात्रै आगलागीका दुई हजार बढी घटना हुँदा ७९ जनाको मृत्यु भएको छ । उक्त घटनामा ३३२ जना घाइते भएका छन् । आगलागीबाट रु एक अर्ब ५९ करोडको क्षति भएको प्राधिकरणले जनाएको छ । (रासस)

सम्बन्धित सामग्री

पाल्पामा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

रामपुर नगरपालिका–५ सानीअमराईमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । रामपुर–५ बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनीको गए राति मृत्यु भएको हो ।

हरिणको आक्रमणबाट एक वृद्धाको मृत्यु

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ।...

संखुवासभामा आगोमा जलेर एक वृद्धाको मृत्यु

संखुवासभाको चैनपुरमा आगोमा जलेर एक वृद्धाको मृत्यु भएको छ। चैनपुर नगरपालिका–११ की ८६ वर्षीया मनमायाँ मगर मंगलबार बिहान आफ्नै घरमा आगोमा जलेर घाइते अवस्थामा भेटिएकी थिइन्। घरमा एक्लै बस्दै आएकी ती...

संखुवासभामा आगोमा जलेर एक वृद्धाको मृत्यु

संखुवासभाको चैनपुरमा आगोमा जलेर एक वृद्धाको मृत्यु भएको छ। चैनपुर नगरपालिका–११ की ८६ वर्षीया मनमायाँ मगर मंगलबार बिहान आफ्नै घरमा आगोमा जलेर घाइते अवस्थामा भेटिएकी थिइन्। घरमा एक्लै बस्दै आएकी ती...

डुबेर वृद्धाको मृत्यु

चितवन – इनारमा डुबेर एक वृद्धाको मृत्यु भएको छ। माडी नगरपालिका–७ किर्तनपुर प्रगतिटोल निवासी ७४ वर्षीया सुकमाया रानाभाटको इनारमा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान घरबाट निस्किएकी रानाभाट अबेरसम्म घर नपुगेपछि उनको खोजी भएको थियो। घर नजिकैको इनारबाहिर चप्पल तथा लौरो भेटिएको र वृद्धा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। वृद्धाको […]

तनहुँमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

सिन्धुलीमा कोरोनाबाट वृद्धाको मृत्यु

सिन्धुलीमा कोरोना संक्रमित १ वृद्धाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि होमआइसोलेसनमा बस्दै आएकी एक वृद्धाको मृत्यु भएको हो । सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद पोखरेलले तीनपाटन गाउँपालिका–२ की ८० वर्षीया महिलाको कोरोना संक्रमणका कारण आइतवार बिहान मृत्यु भएको जानकारी दिए । ‘बिरामी भएपछि उपचारका लागि अस्पतालमा परिवारले ल्याएकामा कोरोना संक्रमण पुष्टि भएपछि परिवारले घर लगेका थिए,’ उनले भने । कोरोनाको दोस्रो लहरमा संक्रमणबाट मृत्यु भएको जिल्लाको यो पहिलो घटना हो । जिल्लामा हाल ९५ सक्रिय संक्र...

साँढेको आक्रमणबाट वृद्धाको मृत्यु

छिन्नमस्ता गाउँपालिकामा साँढेको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरकी ८० वर्षीया दुर्गीदेवी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ