सुदूरपश्चिम प्रदेश : राहत दिन निर्देशिका संशोधन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्राकृतिक प्रकोपबाट मृत्यु भएका व्यक्तिको परिवारलाई राहत दिने गरी विपद व्यवस्थापन तथा राहत वितरण निर्देशिका पहिलो संशोधन २०७८ स्वीकृत गरेको छ ।प्रदेश मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विपदमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत सहयोग दिने व्यवस्था गर्न निर्देशिका संशोधन गरेको हो । विपदमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहत, २० हजार क्रिया खर्च र पूर्णरुपमा घर क्षति भएका परिवारलाई ५० हजार राहत उपलब्ध गराइने गरी निर्देशिक