नेपाल सुपर लिगको अक्सन आज

२० फागुन, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज लिग फुटबल (एनएसएल) को दोस्रो संस्करणको लागि आज अक्सन हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले क्लबहरूसँग छलफलपछि एनएसएल अक्सन रोक्न आयोजकलाई पत्र पठाए पनि आयोजकले भने अक्सन पूर्वनिर्धारित कार्यक्रम अनुसार नै हुने जनाएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)को आयोजनामा हुने एनएसएलमा यस पटक तीन नयाँ टिम थपिएका […]

सम्बन्धित सामग्री

नेपाल सुपर लिग : इलामको प्ले अफ सम्भावना कठिन

नवप्रवेशी स्पोर्टिङ इलाम एफसीले नेपाल सुपर लिगको डेब्युमै उपाधि जित्ने लक्ष्य राखेको थियो । नेपाली फुटबलकै अनुभवी प्रशिक्षक मेघराज केसीको प्रशिक्षणमा इलामले यसै अनुरूप पनि तयारी गरेको थियो । सहभागीमध्ये राम्रो तयारी...

नेपाल सुपर लिगको यस्तो छ खेलतालिका

७ मंसिर, काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) शुक्रबार काठमाडौंमा सुरु हुँदैछ । नेपालको फ्रेन्चाइज फुटबल लिग एनएसएलमा यस पटक ९ टोलीले प्रतिस्पर्धा गर्दैछन् । पहिलो संस्करणमा सहभागी ७ टोलीमध्ये यसपटक विराटनगर सिटी एफसी सहभागी छैन भने झापा एफसी, स्पोर्टिङ इलाम एफसी र वीरगञ्ज युनाइटेड थपिएका छन् । अन्य टोलीमा साविक विजेता काठमाडौं […]

फ्रेञ्चाइज फुटबल नेपाल सुपर लिगको तयारी पूरा (तस्विरहरु)

काठमाडौं,६ मंसिर । शुक्रबारदेखि काठमाडौंमा हुने फ्रेञ्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को तयारी पूरा भएको आयोजकले जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनएसएलका निर्देशक श्रेयांस कार्कीले प्रतियोगिता सुरु हुनु दुई दिन अघि सबै तयारी पूरा भएको जानकारी गराएका छन् । एक महिनासम्म चल्ने प्रतियोगिताका खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने छ । […]

नेपाल सुपर लिगको विषयमा भोलि छलफल हुने

नेपाल सुपर लिग (एनएसएल) आयोजनाको विषयमा छलफल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले असन्तुष्ट चार क्लबहरु ( थ्री स्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम (एनआरटी) )लाई छलफलका लागि शुक्रबार १२ बजे बोलाएको छ ।

नेपाल सुपर लिगको खेल तालिका स्थगित

काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को खेल तालिका सार्वजनिक कार्यक्रम स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टाइसिट ’ड्र’ रोक्न पत्र पठाएपछि आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले स्थगित गरेको हो । नेपाल स्पोर्टस म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदिप शर्माले क्लब र एन्फासँगको छलफल पछि ड्र सार्वजनिक गर्ने बताए […]

‘नेपाल सुपर लिग विशुद्ध फ्रेन्चाइज लिग हो’

नेपाल सुपर लिगको दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरमा आयोजना हुँदै छ। विगतको संस्करणमा सात टोलीले सहभागिता जनाएको प्रतियोगिताको दोस्रो संस्करणमा १० टोलीले सहभागिता जनाउँदै छन्। दोस्रो संस्करणका लागि अक्सन पनि सम्पन्न भइसकेको छ। सहिद स्मारक ए डिभिजन लिग सकिएलगत्तै घोषणा भएको मितिपछि खेलाडी स्थानन्तरणको विषयमा विभिन्न क्लबले असन्तुष्टि जनाएका छन्। अक्सन हुने/नहुने […]

काठमाडौँ नेपाल सुपर लिगको च्याम्पियन (फोटोफिचर)

काठमाडौं, १ जेठ । धनगढी एफसीलाई पराजित गर्दै काठमाडौंँ रेजर्स एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको च्याम्पियन बनेको छ । धनगढीलाई १–० गोल अन्तरले हराउँदै काठमाडौंँ एनएसएलको पहिलो उपाधि चुम्न सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंँका लागि विदेशी मेसौके ओलोमोउले निर्णायक गोल गरेका हुन् । उनले खेलको २१औं मिनेटमा सो गोल […]

नेपाल सुपर लिगको उपाधि भिडन्त शनिवार : धनगढी भर्सेस काठमाडौं

वैशाख ३१, काठमाण्डौ । नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग एनएसएलको उपाधिका लागि शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सविच प्रतिस्पर्धा हुँदैछ । प्रतिष्पर्धाको एक दिन अघि दुबै टोलीले उपाधी जित्ने दावी गरेका छन् । यसअघिका दुई भिडन्तमा धनगढीले बाजीमार्दा फाइनलमा भने काठमाडौंले यसअघिको हारलाई बदला लिएर पहिलो संस्करणको च्याम्पियन बन्य लक्ष्यमा रहेको छ […]

नेपाल सुपर लिगको तयारी पूरा

काठमाडौंमा आयोजना हुन लागेको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को विजेताले ३५ लाख रुपैयाँ पाउने भएको छ ।आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले पाउन पुरस्कार राशिको घोषणा गरेको हो । सोही कार्यक्रममा आयोजकले जेठ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको समेत जनाएको छ ।आयोजकले कोरोना भाइरसको […]

नेपाल सुपर लिगको टिकट पेवेलले बेच्ने

अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) का  लागि नेपाल स्पोर्ट्स इभेन्ट म्यानेजमेन्टले टिकटिङ पार्टनरको रूपमा पेवेलसँग सम्झौता गरेको छ