बेलायतका प्रधानमन्त्री जोनसनलाई पुत्रीलाभ, पाए सातौं सन्तान

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनकी पत्नी क्यारीले बिहीवार छोरीलाई जन्म दिएकी छन् ।  पोहोर साल क्रिसमस आउनुअघि प्रधानमन्त्री कार्यालयमा अवैध जमघट र रमाइलो गरेको खुलासा भएको बेलामा जोनसनलाई पुत्रीलाभ भएको हो ।  लन्डनको मध्यभागमा रहेको एक अस्पतालमा जोनसन र उनकी पत्नी बिहान ७ः४० मा पुगेका थिए । त्यसको दुई घन्टाअघि प्रहरी अधिकृतहरू अस्पतालको सुरक्षामा पुगेका थिए ।  जोनसन र क्यारीका छोरा विल्फ सन् २०२० को अप्रिल महिनामा जन्मेका थिए ।  कुल तीनवटा पत्नीबाट जोनसनका सातजना सन्तान छन् ।