कर्णालीका सांसद पुनर्बहाली गर्न सर्वोच्चको आदेशविरुद्ध एमालेको भ्याकेट निवेदन दर्ता

काठमाडौं। एमालेले कारबाही गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन(भ्याकेट) दर्ता भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासबाट भएको अन्तरिम आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन्। निवेदनमा एमालेको केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएकाले केन्द्रीय कमिटीको अधिकार प्रयोग गर्न बाधा नपर्ने जिकिर गरिएको छ।