विघटित भूमिसम्बन्धी आयोग कञ्चनपुरको पाँच महिनाको खर्च २० लाख

कञ्चनपुर : विघटित भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला कार्यालय कञ्चनपुरले पाँचमा २० लाख एक हजार २०६ रूपैयाँ खर्च गरेको छ। कार्यालयले फागुनदेखि असार मसान्तसम्म उक्त रकम खर्च गरेको हो।जग्गा प्रशासन सुदृढीकरण तथा अनौपचारिक भूसम्बन्ध व्यवस्थापन कार्यक्रमका लागि २४ लाख ८३ हजार २३५ रूपैयाँ विनियोजन गरिएको थियो। जसमध्ये आयोगले पदाधिकारीको पारिश्रमिकमा ६ लाख ७२ हजार ७३५, कर्मचारी प्रोत्साहन तथा पुरस्कारमा एक लाख २६ हजार २५५, पदाधिकारी बैठक भत्ता एक लाख ८४ हजार, इन्धन कार्यालय प्रयोजनका लागि ५० हजार,