मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना स्वीकृत : राहत, उद्धार र पुनर्स्थापन प्रभावकारी बनाइने

काठमाण्डाै – विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७८ स्वीकृत गरेको छ ।  विपद् व्यवस्थापन कार्यकारी समितिको गृह मन्त्रालयमा बसेको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७८ का साथै विपद् व्यवस्थापन स्वयंसेवक ब्युराे गठन तथा परिचालन कार्यविधि २०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि २०७८, गैर–सरकारी संस्था परिचालनसम्बन्धी कार्यविधि २०७८ र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुनर्निर्माणसम्बन्धी कार्यविधि २०७८ लाई स्वीकृत गरेको हाे ।   गृह म...