रोमाञ्चक खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई हरायो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबल (ईपीएल) मा म्यानचेस्टर सिटीले आर्सनललाई हराएको छ । ९० मिनेटसम्म खेल १–१ गोलको बराबरीमा रहेकोमा इन्जुरी समयको तेस्रो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई जिताए । यसअघि सिटीका रियाज महरेज र आर्सनलका साकाले गोल गरेका थिए । आर्सनलका ग्याब्रियलले ५९ मिनेटमा रातोकार्ड पाएपछि आर्सनल १० खेलाडीमा सीमित रहेको थियो । आजको जितसँगै सिटीको ५३ अङ्क भएको छ । दोस्रो स्थानको चेल्सीभन्दा सिटी ११ अङ्कले अघि रहेको छ । आर्सनल भने ३५ अङ्कसहित चौथो स्थानमा छ ...

सम्बन्धित सामग्री

रोमाञ्चक टेष्टमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई हरायो

काठमाडौं । लड्समा भएको एशेज सिरिजको दोस्रो टेष्टमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ४३ रनले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले पहिलो पारीमा स्टिभ स्मिथको शतक (११०) को मदतमा ४१६ रन बनाएको थियो भने जवाफमा इंग्ल्याण्ड ३२५ रनमा समेटिएको थियो । दोस्रो पारीमा अष्ट्रेलियाले २७९ रन बनाएपछि घरेलु टोलीले जितका लागि ३७१ रनको लक्ष्य पायो […]

नेदरल्यान्ड्सले बेल्जियमलाई हरायो

एजेन्सी – युइएफए नेसन्स लिगमा नेदरल्यान्ड्सले बेल्जियमलाई पराजित गरेको छ । कप्तान भर्जिल भान डाइकको गोलमा नेदरल्यान्ड्सले बेल्जियममाथि १–० को जित निकालेको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको दोस्रो हाफमा भान डाइकले गरेको गोल नै निर्णायक बन्यो । उनले ७३औं मिनेटमा कोडी गाक्पोको पासमा गोल गर्न सफल भएका थिए । यो जितसँगै नेदरल्यान्ड्स समूह […]

लिभरपुलले आयाक्सलाई हरायो

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले डच क्लब आयाक्समाथि रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा लिभरपुलले आयाक्सलाई २–१ ले पराजित गरेको हो । एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाह र जोएल मटिपले गोल गरे । आयाक्सका मोहम्मेद कुडुसले एक गोल फर्काए । खेलको १७औं मिनेटमा सलाहको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लिन सफल […]

रोमाञ्चक खेलमा हैदरावादले मुम्बईलाई ३ रनले हरायो

आईपीएलमा मंगलबार साँझ भएको रोमाञ्चक खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ३ रनले पराजित गरेको छ । प्राविधिक रूपमा यो जितपछि हैदरावादको प्लेअफ पुग्ने आशा अझै बाँकी छ । तर, यसका लागि उनले धेरै हदसम्म अन्य टोलीको प्रदर्शनमा भर पर्नु पर्नेछ । सनराइजर्स हैदरावादको १३ खेलबाट १२ अंक छ, त्यसैले हैदरावादले अन्तिम खेल जितेर १४ अंक जोड्न सक्छ।पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो । जवाफमा मुम्बईको टोलीले २० ओभरमा सात विकेट गुमाएर १९० रन मात्रै बना

आईपीएल क्रिकेट : पञ्जाबसँगको खेलमा गुजरातको रोमाञ्चक जित

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ । गएराति मुम्बईमा भएको खेलमा गुजरातले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हरायो। पञ्जाबले दिएको १ सय ९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । गुजरातका सुबमन गिलले ९६ रनको अर्धशतकीय पारी खेले । अन्तिम ओभरमा गुजरातलाई १९ रन आवश्यकता थियो । राहुल टेवाटियाले दुई छक्का र डेभिड मिल्लरले एक चौका हानेपछि गुजरातले रोमाञ्चक जित निकालेको हो । पञ्जाबका कागिसो राबडाले दुई तथा राहुल चाहरले एक विकेट लिए । त्...

महिला क्रिकेटमा लुम्बिनीले ललितपुरलाई हरायो, एपीएफको लगातार दोस्रो जित

ललितपुर – ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा लुम्बिनी प्रदेशले ललितपुर मेयर्स–११ माथि रोमाञ्चक जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बुधवार भएको खेलमा लुम्बिनीले ललितपुरलाई दुई रनले हरायो । लुम्बिनीले दिएको ९५ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्स ११ ले २० ओभरमा नौ विकेट गुमाएर ९२ रनमात्रै बनायो । ललितपुरलाई अन्तिम ओभरमा ६ रन चाहिएको थियो । तर लुम्बिनीकी नेरी थापाले १९ ओभर दुई बलदेखि चार बलसम्म लगातार तीन विकेट लिएर ह्याट्रिक गरेपछि ललिपुरले हार्‍य...

इल्चेमाथि बार्सिलोनाको रोमाञ्चक जित, सेभियाले एट्लेटिकोलाई हरायो

स्पेनिस ला लिगामा दोस्रो स्थानमा आसिन सेभिया र बार्सिलोनाले जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सेभियाले एट्लेटिको म्याड्रिडलाई २–१ गोलले हरायो । बार्सिलोनाले इल्चेमाथि ३–२ गोलको रोमाञ्चक जित निकाल्यो । सेभियाको जितमा इभान राकिटिक र लुकास ओकम्पोसले गोल गरे । एट्लेटिकोका फिलिपेले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलमा सेभियाले सातौं मिनेटमा खाता खोलेको थियो । राकिटिकले करिम रिकिकको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । ३३औं मिनेटमा फिलिपेले बराबरी गोल गर्दै एट्लेटिकोलाई खेल...

बार्सिलोनाको रोमाञ्चक जित, एट्लेटिको मड्रिडलाई सेभियाले हरायो

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले एल्चेमाथि रोमाञ्चक जित निकालेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले एल्चेमाथि ३-२ गोलअन्तरले जित निकालेको हो। खेलको १६ औं मिनेटमा ओसमान डेम्बेलेको पासमा फेरान जुटिगा ब्लान्कले हेडर गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै १९ औं मिनेटमा बार्सिलोनाका १७ वर्षे…

रोमाञ्चक खेलमा बायर्नले डर्टमण्डलाई हरायो

काठमाडौँ – बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ । डर्टमुन्डको घरेलु मैदान सिग्नल इदुना पार्कमा भएको खेलमा बायर्नले ३–२ को जित सहित शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको हो । बायर्नको जितमा पोलिस फरवार्ड रोबार्ट लेवाण्डोस्कीले २ तथा किङ्स्ले कोमानले १ गोल गरे । यता, पराजित डर्टमन्डका लागि जुलिय ब्रान्डट र […]

अन्तिम मिनेटमा गोलकिपरले गोल गरेपछि लिभरपुलले वेष्टब्रमलाई हरायो

काठमाण्डाै – इङ्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक जित हात पारेको छ । अन्तिम मिनेटमा गोलकिपर एलिसोन बेकरले गोल गरेपछि लिभरपुलले वेष्टब्रमलाई २–१ हरायो । निर्धारित ९० मिनेटमा खेल १–१ को बराबरीमा थियो, रेफ्रिले पाँच मिनेटको समय थपेपछि लिभरपुलका किपर बेकर पनि वेष्टब्रमकै पोष्टमा पुगेका थिए, उनले ९५ औँ मिनेटमा गोल गरे । जितसँगै लिभरपुल ६३ अंकसहित पाँचौ स्थानमा पुगेको छ र च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बढेको छ ।